जनहित सहकारीमा पुनः बस्नेतको नेतृत्वमा सर्वसम्मत सञ्चालक

 आवाज संवाददाता     ३ आश्विन २०७३, सोमबार

जनहित सहकारी संस्थामा पुनः दिनेश बस्नेतको नेतृत्वमा सर्वसम्मत सञ्चालक चयन भएका छन् । सहकारीको सोमबार चरिकोटमा भएको १५ औं साधारण सभाले ३ वर्षका लागि सञ्चालक समिति चयन भएको हो ।
सहकारीको उपाध्यक्षमा नवराज न्यौपाने, सचिव श्यामकृष्ण कायस्थ, कोषाध्यक्ष रामबहादुर ओली चयन भएका छन् । त्यसैगरी सञ्चालक सदस्यहरुमा परशुराम थापा, विजयकुमार खड्का, बलराम पौडेल, रुद्र शिवाकोटी, सोनाम शेर्पा, जानुका अधिकारी र लक्ष्मी केसी चयन भएका छन् । लेखासुपरीवेक्षण समितिमा संयोजक गणेशकुमार श्रेष्ठ सदस्यहरु रामबहादुर कार्की र कल्याण श्रेष्ठ चयन भएका छन् ।
सहकारीको १५ औं साधारण सभाको दोलखा जिल्ला संघका अध्यक्ष हेमन्त चौलागाईले उद्घाटन गरेका थिए । अध्यक्ष चौलागाईले सबल सहकारीका लागि सहकारीहरु बीचको एकीकरण अनिवार्य रहेकोमा जोड दिए । तर उनले जनहित सहकारीकै साधारण सभामा सहकारी एकीकरणमा जोड दिए तापनि चरिकोटको जनहित सहकारी र हिमालयन साकोस बीच एक वर्ष अघि एकीकरण घोषणा भए तापनि अहिले त्यो प्रक्रिया स्थगित भएको छ ।
सहकारीले गत असार मसान्तसम्म १५ करोड ५२ लाख १५ हजार ८० रुपैंयाको वासलात रहेको छ । सहकारीको संस्थागत पुँजी १ करोड ५२ लाख ८३ हजार ८ सय, निक्षप संकलन ११ करोड ६५ लाख ६ हजार ३ सय ७३ र ऋण लगानी १२ करोड ३६ लाख २९ हजार ९ सय ८९ रहेको कोषाध्यक्ष रामबहादुर ओलीले प्रतिवेदन प्रस्तुत गरे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।