दोलखाको पुनः संरचना टुङ्गियोः ७ र ९ पालिका प्रस्ताव (विस्तृत विवरण र नक्सा सहित)

 आवाज संवाददाता     ४ आश्विन २०७३, मंगलवार

 

स्थानीय तह पुनः संरचना आयोगमा जिल्ला प्राविधिक सहयोग समितिले ७ र विकल्पमा ९ वटा पालिका बनाउने प्रस्ताव गरेको छ । प्राविधिक समितिले सोमबार साँझसम्म बसेको बैठकले सिमाङ्कन सहित केन्द्र तोकेर ७ वटा प्रस्ताव गरेको हो । सो प्रस्ताव स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले मंगलबार पेश गरेका छन् । पुनः संरचना गर्दा दोलखाको घ्याङसुकाठोकर र लाँकुरीडाँडा गाविस टुक्रिएका छन् ।
यस अघि राजनैतिक दलहरुको सहमतिमा ९ वटा प्रस्ताव गरेको थियो । तर आयोगले त्यसलाई अस्वीकार गरेपछि विकल्पको रुपमा पुनः प्रस्ताव गरेको छ । प्राविधिक समितिले ७ वटा पालिकामा २ नगरपालिका र ५ गाउँ पालिका प्रस्ताव गरेको छ भने ९ वटा हुँदा १ नगरपालिका र ८ गाउँ पालिका प्रस्ताव गरेको हो ।यो प्रारम्भिक प्रस्ताव भएको स्थानीय विकास अधिकारी शर्माले बताए ।

प्रस्तावित ७ वटा स्थानीय तह, दोलखा

क्र.सं. स्थानीय तहको नाम क्षेत्रफल   (व.कि.मीं) जनसंख्या गाउँपालिकानगरपालिका केन्द्र गाभिएका साविक गाविस/न.पा वडा संख्या कैफियत
तामाकोशी गाउँपालिका ११८.२५७ ३०,४२६ जफेमालु च्यामा, शहरे, भीरकोट, जफे, मालु, झुले, मेलुङ्ग, डाँडाखर्क, भेड्पु र घ्याङ्गसुकाठोकर (१, २, ३ र ४)  गाविसहरु १० जनसंख्या र भूगोलको कारण १ वटा वडा थप भएको
शैलुंग गाउँपालिका १६५.३६८ २८,१६३ बोद्ले/निगाले पवटी, शैलुङ्गेश्वर, फस्कु, काटाकुटी, भूसाफेदा, ताम्चेतदुधपोखरी, मागापौवा, लाकुरीडाँडा (३, ४, ५ र ६) र घ्याङ्गसुकाठोकर (५, ६, ७, ८ र ९)  गाविसहरु १० जनसंख्या र भूगोलको कारण १ वटा वडा थप भएको
भीमेश्वर नगरपालिका १५३.५१७ ३८,३७४ चरिकोट भीमेश्वर नगरपालिका,  बोच, सुस्पाक्षमावती, सुन्द्रावती, सुनखानी र लाकुरीडाँडा (१, २, ७, ८ र ९) गाविसहरु १२
कालिञ्चोक गाउँपालिका ११०.४८ १७,७११ पोखरे/खुर्ले, लामिडाँडा लापिलाङ्ग, लामिडाँडा, बाबरे, कालिञ्चोक र खोपाचाँगु  गाविसहरु हिमाली भूभाग
विगु गाउँपालिका ६०४.६१ १६,२५१ मल्दुङ्, लादुक विगु, आलम्पु, चिलंखा,, लादुक, बुलुङ्ग, ओराङ्ग र लामाबगर गाविसहरु हिमाली भूभाग
गौरीशंकर गाउँपालिका ६८०.०५ १७,०६२ गुरुम्फी/जामुने गौरीशंकर, खारे, मार्बु, चंखु, सुरी, झ्याँकु र जँगु गाविसहरु हिमाली भूभाग
जिरी नगरपालिका ३८१.४६२ ३७,११२ खावा÷सिद्दाको थान जिरी नगरपालिका र श्यामा, हावा, गैरीमुदी, मिर्गे, काब्रे, नाम्दु र क्षेत्रपा गाविसहरु १२

प्रस्तावित ७ वटा स्थानीय तह नक्शा, दोलखा
7-unit-map-small

 प्रस्तावित ९ वटा स्थानीय तह, दोलखा

 क्र.सं. स्थानीय तहको नाम क्षेत्रफल(व.कि.मी.) जनसंख्या गाउँपालिका/नगरपालिका केन्द्र गाभिएका साविक गाविस/न.पा वडा संख्या कैफियत
तामाकोशी गाउँपालिका १५३.०६ १८,८४९ सिम्पाखा, मालु हावा, च्यामा, शहरे, भीरकोट, जफे, मालु र झुले  गाविस
शैलुंग गाउँपालिका १०७.६८ २४,३४१ भञ्ज्याङ्, घ्याङ्सुकाठोकर मेलुंग, डाँडाखर्क, भेड्पु, घ्याङ्गसुकाठोकर, सैलुङ्गेश्वर र पवटी  गाविस
चर्णावती गाउँपालिका १२२.२७ १८,२९६ फोक्टे, काटाकुटी फस्कु, काटाकुटी, ताम्चेतदुधपोखरी, भूसाफेदा, मागापौवा र लाकुरीडाँडा (३,४,५, ६, ७ र ८)
भीमेश्वर नगरपालिका ११७.४८ २९,७५७ चरिकोट भीमेश्वर नगरपालिका र बोच, सुस्पाक्षमावती तथा लाकुरीडाँडा ( १,२ र ९)
कालिञ्चोक गाउँपालिका १३१.२९ २२,९५४ आहाले, सुनखानी सुन्द्रावती, सुनखानी, लापिलाङ्ग,, लामिडाँडा, बाबरे र कालिञ्चोक (६ गाविस)
देउलांगेश्वर गाउँपालिका ६१४.५९ १८,४४९ मल्दुङ्, लादुक खोपाचाँगु, विगु, आलम्पु, चिलंखा,, लादुक, बुलुङ्ग, ओराङ्ग र लामाबगर
गौरीशंकर गाउँपालिका ६८०.०५ १७,०६२ गुरुम्फी/ जामुने गौरीशंकर, खारे, मार्बु, चंखु, सुरी, झ्याँकु  र जेँगु गाविस
जिरी नगरपालिका २११.०२ १५,५१५ जिरी जिरी नगरपालिका र श्यामा गाविस यस अघि नै न.पा. भैसकेको र हिमाली भूभाग भएकोले न.पा. हुनुपर्ने
हनुमन्तेश्वर गाउँपालिका ८०.४६ १९८७६ सिम्बारी/डाँडागाउँ गैरीमुदी, मिर्गे, काब्रे, नाम्दु, र क्षेत्रपा

प्रस्तावित ९ वटा स्थानीय तह नक्शा, दोलखा
9-unit-map-small

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।