स्थानीय तह सिमाङ्कन पुनः संरचनाका सिफारिस विरुद्ध काँग्रेस आन्दोलित

 आवाज संवाददाता     ९ आश्विन २०७३, आईतवार

स्थानीत तह पुनः संरचना सिमाङ्कन सिफारिस विरुद्ध नेपाली काँग्रेस आन्दोलित भएको छ । स्थानीय तह पुनः संरचना सिमाङ्कन प्राविधिक समितिले ७ वटा पालिकाको सिफारिस गरेको थियो । आफूले अनुसार नभएको प्राविधिक समितिले आफ्नो अनुकुल गरेको भन्दै काँग्रेस आन्दोलनमा उत्रेको हो ।
नेपाली काँग्रेसले पूर्व सभापति ताराबहादुर कोइरालाको संयोजकत्वमा आन्दोलन समिति नै गठन गरेको छ । समितिले आइतबार स्थानीय विकास अधिकारी तथा स्थानीय तह पुनः संरचना प्राविधिक समितिका संयोजक समक्ष ज्ञापन पत्र बुझाएका छन् । काँग्रेसले ९ वटा पालिका नै बनाउन माग गरेको छ ।
राजनैतिक दलहरु बीच सहमति हुन नसकेपछि प्राविधिक समितिले दलहरुका समेत सुझाव समेटेर स्थानीय तह पुनः संरचना आयोगले दोलखा जिल्लालाई अधिकतम ७ वटाकै सिमाको स्वीकृति दिएको थियो । समितिले दलहरुको बीचको सहमतिको ९ वटालाई पनि विकल्पको रुपमा पेश गरेको छ ।
काँग्रेसले भुकम्प पीडित छुट भएकाहरुलाई तत्काल १५ हजार र २ हजार तत्काल राहत दिन भनेको छ । त्यस्तै भेड्पूका नापी नभएका भुकम्प पीडितहरुको सम्झौता परिचय पत्रका आधारमा गर्न र भुकम्प पीडितलाई आवास निर्माणका लागि ५ लाख उपलब्ध गराउन आग्रह गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।