लोकतान्त्रिक व्यापार संघ गठन

 आवाज संवाददाता     ११ आश्विन २०७३, मंगलवार

काठमाडाैँ/नेपाली काँग्रेस निकट व्यवसायीहरुको पहलमा नेपाल लोकतान्त्रिक व्यापार संघ केन्द्रीय तदर्थ समिति गठन गरिएको छ ।
शंकर देबकोटाको अध्यक्षतामा गठन गरिएको उक्त केन्द्रीय तदर्थ समितिका उपाध्यक्ष भोजराज न्यौपाने, महासचिव तीर्थबहादुर खड्का, सचिव कपिल थापा मगर र कोषाध्यक्ष प्रमोद पाण्डे रहेका छन् ।
दुई महिला सदस्य मनोनयन गर्न बाँकी रहेको उक्त केन्द्रीय समितिका सदस्यहरुमा दिलिप शाह, चिनकाजी श्रेष्ठ, इन्द्र आचार्य, हिरा भगत, अमर ज्योति रन्जित, श्रवण अग्रवाल, प्रमोद श्रेष्ठ र सिनोद घिमिरे छन् ।
राजधानीमा सोमवार आयोजित एक कार्यक्रममा उक्त समितिको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले व्यवसायीहरुको समस्या समाधानका लागि काँग्रेस तयार रहेको धारणा व्यक्त गरे ।
लोकतान्त्रिक व्यापार संघले नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा काम गर्न जुट्नुले काँग्रेसलाई थप बल मिलेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली काँग्रेस जनसम्पर्क समिति चीनका अध्यक्ष राजनकुमार जमरकट्टेलले देशको अर्थतन्त्रका लागि लोकतान्त्रिक व्यापार संघको सक्रियता महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।