धादिङ दुर्घटनामा ज्यान जानेकाे संख्या १८ पुग्याे, १४ घाइतेकाे उद्दार Update

 आवाज संवाददाता     ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । धादिङ जिल्ला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदी  जाँदै गरेको बस दूर्घटनामा मृतकको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार अहिलेसम्म मृतकको पहिचान हुन सकिरहेको छैन ।

दूर्घटनामा मृत्इुहुनेको संख्या १८ जना पुगेको भएपनि कसैको पनि पहिचान हुन नसकेको बताईएको छ । तर घाईतेहरुलाई भने दुई पटकगरी १४ जनालाई काठमाडौं ल्याईएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ । घाईतेहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको पनि जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।  ना ४ ख ३३१८ नम्बरको बस दूर्घटना भएको हो ।

हाम्राकुराडटकम

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।