खड्का सचिवमा निर्विरोध

 आवाज संवाददाता     १७ आश्विन २०७३, सोमबार

दोलखा, १६ असोज÷हाम्रो रेडिायो दोलखाका स्टेशन म्यानेजर लक्ष्मण खड्का प्रेस सेन्टरको केन्द्रिय सचिव पदमा निर्विरोध निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र सम्वद्ध पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको प्रथम एकता महाधिवेशनवाट दोलखाको हाम्रो रेडियाको स्टेशन म्यानेर खड्का सचिव पदमा निर्विरोध भएका छन् ।
खड्का नयाँ पत्रिका दैनिकका दोलखा सम्वाददाता हुन भने रेडियो प्रसारक संघ (एकोराव)का केन्द्रिय सदस्य र यस अधि क्रान्तिकारी पत्रकार संघका पूर्व केन्द्रिय सदस्य समेत रहेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF