नक्कली गाईको दैनिक २५ लिटर दुध

 आवाज संवाददाता     १८ आश्विन २०७३, मंगलवार

जिरी (दोलखा)
जिरी पशु विकास फार्म रहेको एउटा नक्कली नामको गाईले दैनिक २५ लिटरसम्म दुध दिने गरेको छ । इम्जो ट्रान्स्फर (भ्रुण प्रत्यारोपन) प्रविधि जन्मिएको जर्सी जातको यो गाई देशभरीमै सबैभन्दा बढी दूध दिने गाईको रुपमा चिनिन्छ ।
एक वेतमा ३ हजार ५ सय लिटरसम्म दुध दिने यो गाई सात वर्षको उमेरमा ५ पटक व्याई सकेको पशु विकास अधिकृत गण जिरेलले जानकारी दिए । पछिल्लो पटक व्याएपछि अहिले लगातार ४ वर्षदेखि दुध दिइरहेको छ । गाई बुढो पनि भएको र व्याएको लामो समय भएकाले अहिले दैनिक १२– देखि १५ लिटर दुध दिइरहेको छ ।
गाईका लागि युरोपमा भएका गाई उत्कृष्ट मानिन्छ । इम्जो ट्रान्सफरका लागि युरोपबाटै सिमेन ल्याएर ३ वटामा प्रत्यारोपन गरिएको थियो । त्यसमध्ये एउटामा मात्र सफल भयो । त्यही इम्जो प्रत्यारोपनबाटै निष्केका जर्सी बहर अहिले राष्ट्रिय प्रजनन् केन्द्र पोखरामा लगिएको छ । पोखरामा बहरको सिमेन संकलन गरी भ्रुण प्रत्यारोपनकै लागि लगिएको फाराम पशु प्राविधिक रामकृष्ण भण्डारीले जानकारी दिए ।
इम्जो प्रत्यारोपन मार्फत जन्मेका गाईबाट दुध बढी आउने गरेकोले उनले बताए । जिरीको गाई फाराम एक मात्र सरकारी गाई फारम हो । यहाँ अहिले १ सय २२ वटा सबै किसिमका गाई छन् भने ३८ वटा दुहुना गाई छन् । दैनिक १ सय ६० लिटर दुध फारामबाट उत्पादन हुने उनले जानकारी दिए ।
बि.सं. २०१४ बाट सञ्चालन भएको फारामबाट गाईको अनुसन्धान, बहर र बाच्छी उत्पादन गरी लिलाम हुन्छ । फारामबाट उत्पादन भएको दुध टेण्डर मार्फत बजारमा बिक्री हुन्छ । जिरीका गाई दोलखाका गाउँ सहित छिमेकी जिल्लादेखि सुदुरपश्चिमाञ्चलको दार्चुला, जाजारकोट, बझाङ लगायतका जिल्लासम्म पुगेका छन् ।
नारायणहिटीबाट राजा हटेपछि शाही राजपरिवारले पाल्दै आएका गाई पनि दरबारबाट जिरी पशु फाराममै ल्याइएको छ । गाई पालन र अनुसन्धानका लागि जिरी पशुफारामसँग जिरीमा ८४ हेक्टर र श्यामा गाविस र रामेछापका चेचुरे (गर्जाङ–खिम्ती क्षेत्रमा १ सय २४ हेक्टर घाँसे मैदान छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF