माओवादीमा पुनः विवाद, नाम्गेललाई कारबाही गर्दै जगतमान सह संयोजक भएको घोषणा

 आवाज संवाददाता     १८ आश्विन २०७३, मंगलवार

माओवादी घटकहरु बीचको एकतापछि पनि नेताहरु बीच मन मिल्न सकेको छैन । नेकपा (क्रान्तिकारी माओवादी) बादल समूह र पूर्व एकीकृत माओवादी बीच जिल्लास्तरमा एकता हुन नसकिरहेका बेला पूर्व क्रातिकारी माओवादी भित्रै एकले अर्कालाई कारबाही गरेको घोषणा गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) बादल समूहले यस अघि नाम्गेल मोक्तान नेतृत्वको पार्टीलाई भंग गरी जगतमान थामीको नेतृत्वमा नयाँ एकता कमिटी गठन गरेको एक प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् । मोक्तान समूहले पार्टीका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि काम गरेकाले उनको नेतृत्व भंग गरिएको विज्ञप्तीमा उल्लेख छ । अब चाँडै जिल्लामा एकता भेला गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।
यस अघि असोज १७ गते दोलखाको एकता भेला गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको बेला एक्कासी स्थगित भएको थियो । केन्द्रमा पार्टी एकतापछि नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल स्वयम्को उपस्थितिमा गत जेठ २१ र २२ को पहिलो एकता जिल्ला सम्मेलन गरी बिशाल खड्काको अध्यक्षतामा ६५ सदस्य जिल्ला संगठन समिति गठन गरे तापनि एकताकै नाममा गत साउन दोस्रो साता भंग भएको छ ।
विशालको नेतृत्वमा जिल्ला पार्टी भंग गरी ३ प्रदेश कमिटीको सिफारिसमा केन्द्रले कृष्ण भेजेलको नेतृत्वमा जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको थियो । कमिटीमा सह इन्चार्ज शंकर लामा, संयोजक बिशाल खड्का, सह संयोजक नाम्गेल मोक्तानलाई जिम्मेवारी तोकेको थियो ।

jagat

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।