माओवादी केन्द्र दोलखाकाे एकतामा विवाद

 आवाज संवाददाता     १८ आश्विन २०७३, मंगलवार

दोलखा, १८, असोज/नेकपा माओवादी केन्द्र दोलखामा विवाद चर्किएको छ । एकीकृत नेकपा माओवादी र नेकपा माओवादी वैद्य समूहबाट अलग्गिएको वादल समूहबीच एकता भएको भनिए पनि अहिले विवाद चुलिएको हो ।
एकीकृत नेकपा माओवादी र नेकपा माओवादी वादल समूहबीच एकता भएको चार महिना बितीसक्दा पनि एकता भेला हुन सकेको छैन । उनीहरुबीच २०७३ जेठ ६ गते एकता घोषणा भएको थियो । जिल्लामा एकता भेला र बैठक समेत हुन नसकेको अवस्थामा आज नेकपा माओवादी वादल समूहका सहसंयोजक जगतमान थामीले विज्ञप्तिमार्फत “संयोजक नाम्गेल मोक्तानले एकताको जिम्मेवारी पुरा नगरेको” भन्दै नेकपा माओवादी केन्द्रसँग एकताको लागि पहल सुरु भएको जनाएको छ । यससँगै दोलखामा माओवादी केन्द्र एकतामा प्रश्नचिन्ह लागेको हो ।
यसअघि २०७३ जेठ १२ गते नेकपा – माओवादीको जिल्ला समितिमा रहेको ४१ सदस्यीय समितिमा ३१ सदस्य सहितको निर्णयमा  माओवादी केन्द्रमा एकता हुने निर्णय भएको र नेकपा माओवादी वादल समूहका दोलखाका संयोजक नाम्गेल मोक्तानले नेकपा माओवादी वादल समूह नेकपा माओवादी केन्द्रमा विलय भएको जनाएका थिए । सोही अनुसार मोक्तान नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य समेत भएका छन् भने आज जगतमान थामीले हस्ताक्षर गरेर निकालिएको विज्ञप्तिले आफु आश्चर्यमा परेको जनाएका छन् । मोक्तानले विज्ञप्ति प्रकाशित गरी आफ्नै नेतृत्वमा वादल समूह माओवादी केन्द्रबीच एकता भइसकेको र त्यसवेला बैद्य समूहमा रहेका भन्नेहरुले अहिले विज्ञप्ति निकालेर आफुखुसी सहसंयोजक भन्नुको कुनै औचित्य नरहेको उल्लेख गरेका छन् ।
उनले विज्ञप्तिमा कथित जगतमान थामीको नाममा आएको विज्ञप्ति एकता विथोल्नेहरुको चलखेल भएको आरोप लगाउँदै भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

14599718_1666922310287844_746147128_o

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।