धुलिखेल अस्पताल अनिश्चित कालका लागि बन्द

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार
दोलखामा सञ्चालित धुलिखेल सामुदायिक अस्पताल अनिश्चित कालका लागि बन्द भएको छ । अस्पतालले १० महिनादेखि कर्मचारीलाई थप सेवा सुविधा नदिएको भन्दै कर्मचारीहरुले आकस्मिक बाहेक सबै सेवा बुधबारदेखि बन्द गराएका हुन् ।
भीमेश्वर नगरपालिका ३ मा रहेको गौरीशंकर जनरल अस्पताल धुलिखेल कम्युनिटी अस्पतालले १० महिनादेखि व्यवस्थापन गर्दै आइरहेको छ ।
धुलिखेलले व्यवस्थापन जिम्मा लिएदेखि नै कार्यरत कर्मचारीलाई सेवा सुविधा नदिएको एक कर्मचारीले जानकारी दिए । अस्पताल व्यवस्थापनसँग पटक पटक छलफल गर्दा केही मा दिन्छौं भन्ने जवाफभन्दा बाहेक कुनै प्रगति नभएपछि बाध्य भएर सेवा बन्द गर्नु परेको उनले बताए ।
विज्ञप्तीमा इमेरजेन्सि बाहेकका सबै सेवा बन्द गरी आन्दोलनमा उत्रिएको बताउदै व्यवस्थापन समितिले आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने समेत बताएका छन् । कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि अस्पतालमा रहेका सबै विरामीहरु अन्य अन्यत्र जान बाध्य भएका छन् । यस विषयमा अस्पताल प्रशासन प्रमुख सगं बुझन खोज्दा आफुले माथिल्लो निकायमा रिपोटिङ गरेको बताउदै आफुले यस विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिए । यस्तै धुलिखेल अस्पतालको भने फोन उठेन ।
अस्पतालमा २८ जना कर्मचारी कार्यरत छन्। हाल दैनिक २० देखी २५ जनासम्म विरामीहरु आउने गरेका थिए । धुलिखेलले गौरीशंकर सहित किर्नेमा रहेको खिम्ती १ जलविद्युत केन्द्रको अस्पताल समेत सञ्चालन गर्दै आइरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।