यस्तो छ कश्मीरको विगत, वर्तमान र भारत-पाकिस्तान तनावको नालिबेली

 आवाज संवाददाता     २० आश्विन २०७३, बिहीबार

नक्सामा जम्मू-कश्मीर: तस्बिरमा हरियो रंग लागेको भू-भाग पाकिस्तान, रातो रंग लागेको चीन र खैरो रंग लागेको भू-भाग भारतीय कब्जामा छ ।


भारतमा विलय

सन १९४७ मा भारतमा गाभिनुपूर्व जम्मू-कश्मीर स्वतन्त्र राष्ट्र थियो । त्यहाँ हिन्दू राजाले शासन चलाउँथे । जम्मूमा हिन्दू, कश्मीरमा मुस्लिम र लद्धाखमा बुद्धिस्टहरुको आवादी थियो ।

त्यतिबेला भारतको विस्तारवादी निती थियो । उसले चलाखीपूर्ण ढंगले कश्मीर आफ्नो बनायो । कश्मीरका तत्कालीन राजा हरिसिंहले आफ्नो राज्य भारतलाई सुम्पिए । उनको यस्तो निर्णयमा मुस्लिम दलको पनि समर्थन मिलेपछि भारतमा गाभिने निर्णय सदर भयो ।

औपचारिकरुपमा भारतमा त गाभियो तर, केही भू-भाग (जुन अहिले पाकिस्तानी नियन्त्रणमा छ)का जनताले भारतमा विलय हुन अस्वीकार गरे । त्यहाँ आन्दोलन सुरु भयो । आन्दोलमा पाकिस्तानले पनि साथ दियो ।

आन्दोलन चल्दै थियो । तर भारत भने औपचारिकरुपमा नै आफूले प्राप्त गरिसकेकाले कश्मीर आफ्नै भएकोमा दृढ थियो । उसले सन १९४८ मा यो मुद्दा राष्ट्रसंघमा उठायो । राष्ट्रसंघले प्रस्ताव नं. ४७ पास गर्दै स्वतन्त्र रहने कि भारतमा विलय हुने भन्ने निर्णय गर्ने अधिकार स्वयम् त्यहाँका जनतालाई दिन जनमत संग्रह गर्न भन्यो ।

जनमत संग्रह गराइहाल्ने भारतको पनि भित्री मनसाय थिएन । त्यसमाथि आफू नियन्त्रित भू-भागबाट सेना हटाउन पाकिस्तानले अस्वीकार गरेपछि जनमत संग्रह तत्काललाई टर्‍यो । त्यसपछि कश्मीर औपचारिकरुपमा विभाजित भयो । उत्तरी र पूर्वी भू-भाग भारत तथा दक्षिणी र पश्चिमी भू-भाग पाकिस्तानले कब्जा गरे ।

kashmir-strike

त्यसको तीन वर्षपछि सन १९५१ मा कश्मीरमा चुनाव भयो । चुनावपछि भारतमा बिलयको प्रस्ताव स्विकृत भयो । तर, त्यो जनमत संग्रह थिएन । अन्य नै मुद्दा लिएर चुनाव जितेको पक्षले भारतमा विलय हुने कुराको समर्थन गरेको थियो । भारतले अब जनमत संग्रह गर्नु पर्ने आवश्यकता नै नरहेको बतायो । तर, राष्ट्रसंघ र पाकिस्तान जनमत संग्रह हुनैपर्नेमा अडिग रहे ।

जनमत संग्रह र भारतमा विलय हुनुपर्ने दुवै पक्षलाई अल्झाइरहेका कश्मीरका तत्कालीन प्रधानमन्त्री शेख अब्दूल्लाह सन १९५३ मा गिरफ्तारीमा परे । त्यसपछि नयाँ सरकार बन्यो । भारतीय प्रभावमा बनेको नयाँ सरकारले भारतमा विलय हुने निर्णयमा मोहोर लगायो ।

त्यसको चार वर्षपछि सन १९५७ मा भारतीय संविधानले कश्मीरलाई आफ्नो हिंस्साको रुपमा परिभाषित गर्‍यो ।

 

चीनको प्रवेश
सन १९६२ मा भारत र चीनबीच लडाइँ भयो । त्यसमा भारतले हार ब्यहोर्‍यो । युद्ध जितेको चीनले अक्साई चीन क्षेत्र (जुन क्षेत्र माथिको नक्सामा रातो पृष्ठभूमिमा देखाइएको छ)लाई नियन्त्रणमा लियो ।

त्यसको एक वर्षपछि पाकिस्तानले कश्मीरको ट्रान्स काराकोरम ट्रयाक्टवाला भू-भाग पनि चीनलाई दियो ।

china

१९६५ मा फेरि भारत र पाकिस्तानबीच युद्ध भयो । जुन स्थितिबाट युद्ध सुरु भएको थियो, त्यही स्थितिमा पुगेर सो युद्ध टुंगियो । दुवै आ-आफ्नो पूरानै पोजिशनमा फर्किए ।

त्यसको ६ वर्षपछि भारत-पाकिस्तान पुन: भिडे । १९७१ मा सुरु भएको युद्ध ७२ सम्म नै जारी रह्यो । सन १९७२ मा शिमला सम्झौता भयो । युद्धविराम रेखालाई नियन्त्रण रेखा बनाइयो । थप छलफल गरेर विवाद सुल्झाउने समझदारी बन्यो ।

सन १९८४ मा भारतले सियाचिन ग्लोशियर कब्जा गर्‍यो, जसलाई हासिल गर्न पाकिस्तानले कैयन पटक गरेको प्रयास असफल भएको थियो ।

१९८७ मा जम्मू-कश्मीरमा अर्को चुनाव भयो । त्यसपछि स्वतन्त्र कश्मीर आन्दोलन सुरु भयो । भारतले आन्दोलन भड्काएको आरोप पाकिस्तानमाथि लागयो, पाकिस्तानले अस्वीकार गरिदियो ।

आन्दोलनकै क्रममा सन १९९० मा भारतीय सुरक्षाकर्मीले गवकदल पुलमा प्रदर्शनकारीमाथि दमन गर्‍यो । जसमा कम्तिमा सय जनाको ज्यान गयो । कश्मीर घाटीबाट लगभग सबै हिन्दू विस्थापित भए । त्यहाँ सेनालाई विशेष अधिकार दिने कानुन ‘अफ्सपा’ लागु गरियो ।

सन १९९० को दशकमा पनि हिंसा जारी रह्यो । सोही दशकको अन्तिम वर्ष सन १९९९ मा भारत-पाकिस्तान पुन: युद्ध मोर्चामा आमने-सामने भए । कारगिलको लडाइँ भयो ।

 

बीसौँको तनाव २१औँ शताब्दीमा पनि

सन २००१-२००८ सम्म भारत-पाकिस्तान सम्बन्ध सुधारका लागि निकै पहल भए । तर, भारतीय संसद तथा मुम्बइमा भएको हमलाले प्रयास पूर्णतया असफल बन्न पुग्यो ।

kashmir

कश्मीरमा स्वतन्त्रता आन्दोलन चल्दै थियो । सन २०१० मा भारतीय सेनाको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भयो । त्यसपछि आन्दोलन थप उग्र बन्यो । हप्तौँसम्म तनाव जारी रह्यो । कम्तिमा सय जनाले ज्यान गुमाए ।

 

अफलज गुरुलाई फाँसी
सन २००१ मा भारतीय संसदमा भएको हमलामा दोषी ठहर गर्दै सन २०१२ मा अफजल गुरुलाई फाँसी दिइयो । त्यसपछि फेरि कश्मीरमा हिंसा भड्कियो । त्यसक्रममा दुई जनाको मृत्यु भयो ।

afjal-guru

सोही वर्ष भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता भयो, अनि तनाव केही मथ्थर बन्यो ।

सन २०१४ मा भारतमा मोदीयुग सुरु भयो । भारतीय जनता पार्टीले अत्याधिक बहुमत प्राप्त गर्‍यो । नरेन्द्र मोदी भारतको प्रधानमन्त्री चुनिए । उनले आफ्नो शपथग्रहण समारोहमा सबै छिमेकी मुलुकका सरकार प्रमुखलाई निम्तो दिए । पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ पनि मोदीको शपथ ग्रहण समारोहमा सहभागी भए । सम्बन्ध सुध्रिने आशा थियो, तर खासै प्रगति भएन ।

bani

८ जुलाई २०१६ मा कश्मिरी मिलिटेंट ग्रुपका कमाण्डर बुरहान वानी सैन्य इन्काउण्टरमा मारिए । त्यसपछि कश्मीरमा स्वतन्त्रता आन्दोलन फेरि एक पटक उठ्यो । अहिलेसम्म पनि हिंसा जारी छ । यो वर्षमात्रै सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

 

पछिल्लो तनावको जड ‘उरी हमला’uri-attack
१८ सेप्टेम्बर २०१६ का दिन जम्मू-कश्मीरस्थित उरी सेक्टरमा भारतीय सैनिक मुख्यालयमा चरमपन्थी हमला भयो । त्यसक्रममा १८ भारतीय सैनिक र ४ चरमपन्थी मारिए ।

बदलास्वरुप गएको साता भारतले पाकिस्तानी सीमाभित्रै घुसेर ‘सर्जिकल स्ट्राइक’ गरी ३८ जनालाई मारिदिएको दावी गर्‍यो । तर, पाकिस्तानले भने भारतको यस्तो दावी अस्वीकार गरिदिएको छ । तनाव घट्नुको साटो झनै बढ्दै गएको छ ।

Source: Dw and Wikipedia

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।