दाेलखामा प्रहरी दिवस मनाइयो

 आवाज संवाददाता     २० आश्विन २०७३, बिहीबार

दोलखा, असोज १९/जिल्ला प्रहरी कार्यालय दोलखाले ६१ औँ प्रहरी दिवस मनाएको छ । दिवस कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको अग्रणी भूमिका रहेको बताए ।
कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले अपराध नियन्त्रणमा प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताए । उनले समयसापेक्ष रुपमा प्रहरी पनि लोकतान्त्रिकरण हुनुपर्ने अवस्था आएको बताए । भूपू प्रहरी संघ दोलखाका अध्यक्ष हेमबहादुर खड्काले मुलुकका लागि आवश्यक परे भूपू प्रहरीले पनि योगदान गर्नसक्ने प्रतिवद्धता जनाए । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले शान्ति सुव्यवस्था कायम गर्न दोलखा प्रहरी अहोरात्र खट्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय दोलखामा भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।