हाइटीमा म्याथ्यू आँधीले विनाश मच्चायो, २८३ को मृत्यु

 आवाज संवाददाता     २१ आश्विन २०७३, शुक्रबार

२१ असोज, काठमाडौं । म्याथू नामक आँधीका कारण हाइटीमा मृत्यु हुनेको संख्या २ सय ८३ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।

हाइटी र क्यूबापछि यो आँधी अब अमेरिकाको फ्लोरिडातर्फ अघि बढेको छ । विनाशकारी आँधीका कारण हाइटीको सबैभन्दा महत्वपूर्ण शहर जेरेमी पूर्ण रुपमा ध्यस्त भएको छ । त्यहाँ ८० प्रतिशत घर ढलेको छ ।

दक्षिणी शहर सूदमा ३० हजार घर तहसनहस भएको छ । आँधीले विनाश मच्चाएपछि हाइटीमा राष्ट्रति चुनाव स्थगित भएको छ ।

क्यारिबियन देशमा पछिल्लो दशकमा आएको आँधीमा म्याथ्यू सबैभन्दा शक्तिशाली भएको मानिएको छ ।

हाइटीमा विनाश मच्चाएपछि यो आँधी अमेरिकाको फ्लोरिडामा पुगेको छ । त्यहाँ १२५ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको थियो । र, यो पछिल्लो १२ वर्षकै शक्तिशाली आँधी भएको बताइएको छ ।
आँधी आउने सक्ने भन्दै फ्लोरिडा राज्यका २० लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो । अमेरिकाको चार राज्यमा संकटकाल घोषणा गरी उद्धार टोली समेत तयारी अवस्थामा राखिएको थियो ।
BY: Onlinekhabar

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF