जनमुखी साकोसमा सर्वसम्मत, आजै पदभार ग्रहण

 आवाज संवाददाता     २१ आश्विन २०७३, शुक्रबार

जनमुखी वचत तथा ऋण सहकारी संस्था काबे्रमा सिताराम दाहालको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन भएको छ । २ हप्ता अघि सुरु भएको निर्वाचन प्रक्रियापछि सबै पदमा सर्वसम्मत भएपछि सञ्चालकहरुले शुक्रबार विहान पद तथा गोपनीयताको सफत दिएका छन् ।
नवनिर्वाचित सञ्चालक समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः दिनेशचन्द्र दाहाल (महेश), राजन दाहाल, राजन केसी र लक्ष्मण चौलागाई रहेका छन् । त्यस्तै अन्य सञ्चालकहरुमा नवीनकुमार खतिवडा, यमबहादुर घिमिरे, विशालराज गिरी, कमल चौलागाई, रामतुलसा पाण्डे, टिकाबहादुर खत्री मोहन खड्का, सरिका बस्नेत, ढलकबहादुर जिरेल र सिर्जना घिमिरे रहेका छन् ।
Janamukhiत्यसैगरी लेखासुपरीवेक्षण समितिमा संयोजक शंकर बस्नेत, सदस्यहरु रुद्रप्रसाद दाहाल र तोयानाथ दाहाल रहेका छन् । त्यसैगरी लेखासुपरीवेक्षण समितिमा संयोजक शंकर बस्नेत, सदस्यहरु रुद्रप्रसाद दाहाल र तोयानाथ दाहाल रहेका छन् । निर्वाचनका लागि गोपालध्वज श्रेष्ठको संयोजकत्वमा रविचन्द्र आचार्य र सिताराम घिमिरे सदस्य रहेको निर्वाचन मण्डल गठन गरेको थियो ।

निर्वाचन प्रक्रियामा उपाध्यक्ष, सचिव लगायतका पदमा एक भन्दा बढी उम्मेद्वारी परेकाले निर्वाचन मण्डलले असोज २० गतेका लागि निर्वाचन कार्यक्रम तय गरेको थियो । उपाध्यक्षका उम्मेद्वार दिपक दाहाल र सचिवका उम्मेद्वार गीताकृष्ण शर्मा लगायतका सञ्चालक उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिएपछि सबै पदमा सर्वसम्मत भएको निर्वाचन मण्डलका संयोजक गोपालध्वज श्रेष्ठले बताए । जममुखी पुँजी र सदस्य संख्याको आधारमा चौथो ठूलो सहकारी हो । सहकारीमा कुल पुँजी ५४ करोड र सदस्य संख्या १४ हजार रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF