तास खेल्ने खेलाउने पक्राउ

 आवाज संवाददाता     २२ आश्विन २०७३, शनिबार

दोलखा, असोज २२/सुनखानी गाविस ४ बाट तास खेल्ने खेलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार तास खेल्ने खेलाउनेबाट ८५ हजार २ सय ५० सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय सिँगटीले हिजो राति करिब ९ बजे तास खेलिरहेका लामीडाँडा ५ का कृष्णबहादुर बुढाथोकी, सुनखानी ४ का भीमबहादुर राउत, लामीडाँडा ५ का सुकमान थामी, सुनखानी ४ का राजेन्द्र ढुंगेल पक्राउ गरेको हो । त्यसैगरी तास खेलाउने सुनखानी ४ का विकास तामाङ र हेर्ने सुनखानी ४ कै खड्कध्वज राउत पनि पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला अदालत नियमित खुलेपछि म्याद थप लिई थप अनुसन्धान गरिने पनि प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।