बडा दशैं पर्व आर्शिवचन लिंदै मनाउँदै

 आवाज संवाददाता     २५ आश्विन २०७३, मंगलवार

दोलखा, २५ असोज÷आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मनाईएको छ । आफ्ना मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा लगाई आर्शिवचन थापी यो पर्व मनाईएको छ ।
dsc_2716
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको जनाएको थियो । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको जनाईएको थियो ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि धर्मशास्त्रविद्हरुले वताएका थिए । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी सम्पन्न भएको छ ।
आफन्तहरु जम्मा भएर आफ्ना मान्यजनवाट टीका, जमरा र आर्शिवाद लिने यो पर्वमा सामुहिक टीका लिने गरेका पनि छन् । दोलखा जिल्लाको सुष्पाक्षमावती गाविसमा रहेको धार्मिक स्थल कुटीमा जम्मा भएर गुरु तथा मान्यजनवाट सामुहिक टीका ग्रहण गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।