नाम्दू बुुस्तीमा ट्रक पल्टिदाँ ६ घाइते

 आवाज संवाददाता     २९ आश्विन २०७३, शनिबार

नाम्दूमा शनिबार दिउँसो ट्रक पल्टिदा ६ जना घाइते भएका छन् । चरिकोटबाट सामान बोकेर जिरीतर्फ जाँदै गरेको बा४ख १४७८ ट्रक नाम्दू २ बुस्ती मोडमा पल्टिदाँ ट्रकमा यात्रारत ६ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारका अनुसार घाइते हुनेमा काब्रे ७ की निर्मला खतिवडा, नाम्दू २ की कुमारी तमाङ र रोशन लामा नाम्दू ९ का सरिता चौलागाई, प्रशान्त चौलागाई, सुजता चौलागाई रहेका छन् ।
घाइतेहरुमध्ये गम्भिर भएका निर्मला खतिवडा र कुमारी तमाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको उनले बताए । अन्यको दोलखा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF