चीनलाइ हराउँदै नेपाल एशिया कप क्रिकेटका लागि छनोट

 आवाज संवाददाता     ३० आश्विन २०७३, आईतवार

चीनलाइ हराउँदै नेपाल एशिया कप क्रिकेटका लागि छनोट भएको छ। आइसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनौटको उपबिजेता बनेको नेपाली टोलीले शनिवार चीनलाइ ४ विकेटले हराउँदै एशिया कप क्रिकेटको यात्रा तय गरेको हो ।

आफ्नो अन्तिम खेलमा चीनले दिएको ८६ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गरेको हो । टस जितेर ब्याटिङ रोजेको चीनले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनाएको थियो। नेपाल ६ अंकसहित समूह उपबिजेता बनेको हो ।

एसिया कप आगामी नोभेम्बर र डिसेम्बरमा थाइल्यान्डमा हुने छ ।e

सेताेपाटीबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।