दीपज्योतीको २२ औं साधारण सभा

 आवाज संवाददाता     ३० आश्विन २०७३, आईतवार

दीपज्योती समाज सुधार संघको २२ औं साधारण सभा सम्पन्न भएको छ । सांसद पार्वत गुरुङले उद्घाटन गरेको कार्यक्रममा संघकी उपाध्यक्ष निर्मला शिवाकोटीले वार्षिक प्रतिवेदन प्रस्तुत गरिन । साधारण सभाको अवसरमा दीपज्योती दुई दशक नामक पुस्तक समेत विमोचन भएको छ ।2
सुन्द्रावती वडा नं. २ बाट २१ वर्ष अघि सुरु गरेको दीपज्योतीको भवन निर्माणका लागि पिताम्बर सेढाई, नारायणप्रसाद सेढाई, डम्बरप्रसाद सेढाइँ लगायतले जग्गा दान गरेका छन् । जग्गा दान गर्ने सबैलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ ।
4साधारण सभामा सांसद गुरुङले गैर सरकारी संस्थाहरुले आफ्ना गतिविधिलाई पारदर्शी बनाउँदै सरकारको काममा सहयोगी भूमिका खेल्न आग्रह गरे । दीपज्योतीले गत वर्षको भुकम्पपछि विभिन्न विकास साझेदार अन्र्तराष्ट्रिय तथा राष्ट्रिय सरकारी र गैर सरकारी संघ संस्थासँगको साझेदारीमा राहत, पुर्नः बास र पुनः निर्माणको काम गरिरहेको दीपज्योतीका अध्यक्ष डम्बर सेढाइँले जानकारी दिए । स्थानीयहरुले जग्गा दान गरेकाले चालु वर्षबाटै आफ्नै भवन निर्माण थालिने उनले बताए ।

3
साधारण सभामा नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटी, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष उद्धवप्रसाद पोखरेल, हुराडेक नेपालका अध्यक्ष होम पाठक, गैसस महासंघ दोलखाका सचिव दिलबहादुर केसी, नेपाली काँग्रेस महाधिवेधन समिति सदस्य गोपीलाल थामी, लगायत साझेदार संस्थाका प्रतिनिधिहरुले समेत शुभकामना व्यक्त गरेका थिए ।6

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF