चोरीको अभियोगमा २ पक्राउ

 आवाज संवाददाता     १ कार्तिक २०७३, सोमबार

चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दोलखाले २ जनालाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाकाे खारे वडा नं.२ बस्ने वर्ष २० को उद्धव बि.क र भीनपा ९ का १८ वर्षिय अनिल बस्नेत रहेका छन् ।
विकले पेस्तोल जस्तो चिज बस्तु देखाई बाटो हिड्ने स्थानिय व्याक्तिहरुलाई डरत्रास देखाई लुटपाट गर्न खोज्ने गरेको भनि सुचनाको आधारमा गाउँबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता विनोदकुमार सुनुवारले जानकारी दिए । उनको साथबाट पेस्तोल जस्तो देखिने वस्तु समेत रहेको उनले बताए ।
त्यसैगरी असोज ३० गते दिउँसो भि.न.पा.१ स्थित आश्रमटोलमा चोरी गरी भाग्दै गरेको अवस्थामा बस्नेतलाई पक्राऊ गरेको हो । उनले सोही स्थान बस्ने कालिका खड्काको घरको पछाडी पट्टिको झ्यालफोडी घर भित्रपसीकोठामा लगाएको ताल्चाफोडी कोठा भित्रप्रवेश गरी कोठा भित्र रहेको दराजबाट पहिलो सुन जस्तो धातुको मंगल सुत्र थान–१, सामसुङ्ग मोवाईल थान–१ र झ्याल तथा ताल्चा फुटाउन प्रयोग गर्ने ३४ से.मि. ईन्च लामो फलामे रड, एलआकारको रड सहित पक्राउ गरेको उनले बताए । उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए । केही महिनायता दोलखामा चोरीका घटना बढ्दै गएको स्थानीयको गुनासो छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF