नेपाल टेलिकमलाई ‘फोर जी’ सञ्चालन अनुमति

 आवाज संवाददाता     ७ कार्तिक २०७३, आईतवार
काठमाडाै‌ कात्तिक ७
नेपाल टेलिकमले ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको बोर्डले टेलिकमलाई सन् २०१७ को जनवरीदेखि व्यावसायिक रुपमा सेवा सञ्चालन गर्न अनुमति प्रदान गरेको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए।
यसअघि टेलिकमबाट सेवा सञ्चालनको लागि व्यावसायिक प्रस्ताव माग गरेको प्राधिकरणले उक्त प्रस्ताव करिवकरिव स्वीकृति गरिसकेकोले टेलिकमले यस्तो अनुमति पाएको झाले प्रष्ट पारे।
‘हामीले टेलिकमबाट रोलआउट प्लान माग गरेका थियौं’ झाले प्रष्ट पर्दै भने,‘टेलिकमले पेस गरेको प्रस्तावको बारेमा हामी अन्तिम निष्कर्षमा पुगेसँगै सेवा सञ्चालनको अनुमति पाइसकेको छ।’
उनका अनुसार टेलिकमले पौष १५ गतेबाट फोर जी सेवा व्यावसायिक रुपमा सञ्चालन गर्न पाउने छ।
अब टेलिकमले फोर जीका लागि आवस्यक उपकरण खरिदको बाटो खुलेको पनि बताए।
नेपाल टेलिकमले अहिले पाइरहेको १८ सय मेगाहर्ज ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने छ। प्रविधि तटस्थ गरेर टेलिकमले अहिले थ्री जी सेवा सञ्चलान गरिरहेको ब्यान्डबाट नै फोर जी सेवा सञ्चालन गर्न पाउने छ।
सेवा सञ्चलनको अनुमति पाएको मितिले दुईमहिनाभित्र फोर जी सेवा सञ्चालन गरिसक्ने योजना बनाएको नेपाल टेलिकमले ३० एमबिपिएसको गतिमा डाटा उपलब्ध गराउने जनाएको छ।
विश्वव्यापी रुपमा एक सय एमविपिएस डाटा उपलब्ध गराउनुपर्ने मापदण्ड भएपनि देशको सापेक्षतामा विभिन्न देशमा फरकफरक मापदण्ड रहेका छन्।
मूल्य टुंगो नलगाएको नेपाल टेलिकमले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र र दोस्रो चरण अर्थात फाुगुन महिनाभित्र पोखरामा फोर जी सेवा सञ्चालनमा ल्याइसक्ने टेलिकमले प्राधिकरणमा बुझाएको योजनामा उल्लेख गरिएको छ।
तर सरकारी स्वामित्वको टेलिकमले सेवा सञ्चालनको अनुमति पाइसक्दा पनि निजि क्षेत्रको सेवाप्रदायक एनसेलले भने पाएको छैन। सँगै प्रस्ताव पेस गरेपनि एनसेलको बारेमा मूल्याकंनकै चरणमा रहेको प्राधिकरणले प्रष्ट पारेको छ।
सेतोपाटीमा रवीन्द्र शाहीले लेखेका छन्

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।