जापानमा बिस्फोट, एकको मृत्यु

 आवाज संवाददाता     ७ कार्तिक २०७३, आईतवार
एजेन्सी, टोकियो, कात्तिक ७

जापानको उत्सुनोमिया शहरमा आइतबार श्रृंखलाबद्ध बिस्फोट भएका छन्। बिस्फोटमा परी एक जनाको ज्यान गएको र तीन जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्।

राजधानी टोकियोबाट ६० माइल टाढा रहेको सो शहरमा एउटा मेला चलिरहेको बेला स्थानीय समय अनुसार बिहान साढे ११ बजे पार्किङमा बिस्फोट भएको हो। लगातार तीनवटा बिस्फोट भएको थियो। घरमा, कार पार्किङमा र मोटर साइकल पार्किङस्थलमा बिस्फोट भएको बताइएको छ।

कसले किन बिस्फोट गराएको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

सेतापाटीबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।