बहुबिवाहका फरार अभियुक्त पक्राउ

 आवाज संवाददाता     ७ कार्तिक २०७३, आईतवार

दोलखा, कात्तिक ७/बहुबिवाहका फरार अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ ।
जिरी नगरपालिका ६ का २७ वर्षीय रवीन्द्र कार्की र उनकी कान्छी श्रीमती २३ वर्षकी कविता कार्की क्षेत्रीलाई बहुबिवाहको आरोपमा प्रहरीले हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए ।
दोखला जिल्ला अदालतले २०७२ वैशाख ८ गते उनीहरु विरुद्ध जनही एकएक वर्ष कैद र ५/५ हजार रुपैयाँ जरिवाना हुनेगरी फैसला गरेकोमा उनीहरु फरार रहेका थिए । रवीन्द्रकी जेठी पत्नी शोभा कार्कीको उजुरीको आधारमा अदालतले सो फैसला गरेको हो ।
दोलखा जिल्ला अदालतले उनीहरुलाई आज कारागार चलान गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।