संघीय समाजवादी फोरम दोलखाको नयाँ कार्यसमिति चयन

 आवाज संवाददाता     ७ कार्तिक २०७३, आईतवार

दोलखा, कात्तिक ७/संघीय समाजवादी फोरम नेपाल दोलखाको पहिलो जिल्ला अधिवेशनले इन्द्र तामाङको अध्यक्षतामा ८० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षद्वयमा टहलबहादुर थामी र दावाछिरी शेर्पा, सचिव सोनाम शेर्पा, सहसचिव प्रमिला श्रेष्ठ, कोषाध्यक्ष ललितबहादुर मगर सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा आङ्तेञ्जी शेर्पा, नरबहादुर तामाङ, प्रेमध्वज लामा, सूर्यबहादुर तामाङ, लाक्पा शेर्पा, मसली सापकोटा, नामछिम्बा शेर्पा, इन्द्रकुमारी मगर, फुर्तकी शेर्पा, जितबहादुर तामाङ, प्रेमबहादुर मगर, मेनुका थामी, रामे शेर्पा, नामछेकी लामा, जितबहादुर तामाङ, दावाछिरी शेर्पा, तेञ्जेन शेर्पा, प्रदीप पाठक, गाइने परियार, नरमाया विक, तीर्थराज थामी, ठुले लामा, प्रेमबहादुर गुरुङ, रामहरी घतानी, किरण परियार, मिनबहादुर थापा, लक्ष्मण खड्का, किरण योञ्जन तामाङ, विष्णुप्रसाद सुवेदी, प्रदीप पाठक, गणेशबहादुर केसी, उद्धव थापा, सोनिया गिरी, जितेन थामी, ग्याल्बो तामाङ, पुष्कर केसी रहेका छन् ।
त्यसैगरी आजै २६ सदस्यीय समाजवादी विद्यार्थी फोरम र १३ सदस्यीय समाजवादी युवा फोरम गठन गरेको जानकारी संघीय समाजवादी फोरम नेपाल दोलखाले जनाएको छ । फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा सो पार्टीका वरिष्ठ नेता एवं संसदीय दलका नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठको विशिष्ट आतिथ्यमा जिल्ला कार्यसमिति गठन भएको जनाइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF