दोलखा काँग्रेको १०९ सदस्य सल्लाहाकार समिति

 आवाज संवाददाता     ८ कार्तिक २०७३, सोमबार

नेपाली काँग्रेस दोलखाले जिल्ला अधिवेशन भएको ९ महिनापछि सल्लाहाकार समिति गठन गरेको छ । दसैंतिहार जस्ता महान चाडको अवसर पारेर नेपाली काँग्रेस दोलखाका पूर्व सभापति देवी न्यौपानेको संयोजकत्वमा १०९ सदस्यीय सल्लाहाकार समिति गठन गरेको हो ।
सल्लाहाकार समितिमा पार्टी पूर्व सभापतिहरु, पार्टी विभिन्न तहमा बसेर लामो समय योगदान पु¥याउनु भएका नेताहरुलाई समेटेर सल्लाहारका समिति गठन गरेको पार्टी सभापति रुद्रबहादुर खड्काले जानकारी दिए । नेपाली काँग्रेस दोलखाको जिल्ला अधिवेशन गत माघमा पूरा गरी सभापति, सचिव र जिल्ला कार्य समिति गठन भए तापनि उपसभापति, थप सचिव लगायतका पदमा भने विवादका कारण मनोनयन हुन सकेको छैन ।
सल्लाकार समितिमा देवी न्यौपाने, उद्धवराज काफ्ले, माधवमणिराज राजभण्डारी, रामजिवन सिंह, प्रदीप मानन्धर, वेदबहादुर केसी लगायत १०९ जना रहेका छन् । आवश्यकता अनुसार सल्लाकार समितिमा नाम थप्न पनि सकिने उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।