‘केरमेट सपना’बाट सकियो नाट्य महोत्सव

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा दोलखा सदरमुकाम चरिकोटमा राष्ट्रिय नाटक महोत्सव २०७३ सम्पन्न भएको छ । ५ दिनसम्म सञ्चालन भएको नाट्य महोत्सवमा देशभरबाट छनौटमा परेका १० वटा नाटक प्रस्तुत भए ।
महोत्सवको अन्तिम दिन अन्तिम नाटकको रुपमा केटमेट सपना नामक नाटक प्रस्तुत भयो । नाटकमा सहरको धनाढ्य र गरिब मजदुर बीचको कथाबस्तु प्रस्तुत गरिएको थियो । त्यसैगरी अन्तिम दिनको पहिलो नाटक महादेवको नाटक प्रस्तत भएको थियो ।
महोत्सवको समापनमा सांसद पशुपति चौलागाई सहभागी दिए । समापन कार्यक्रममा सांसद चौलागाई साहित्य कलाले मान्छेहरुको मन मिलाउने बताए । नाटक महोत्सव सफल बनाउनका लागि जिल्लाबासीका लागि सहयोग गरेको बताए । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनदप्रसाद पोखरेलले २६ गते महोत्सवको उद्घाटन गरेका थिए ।
पहिलो पटक राजधानी बाहिर आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सवमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नेपाल संगीत तथा नाट्य प्रज्ञा परिषद्का प्राज्ञद्वय पुष्करबहादुर गुरुङ र रमेशरञ्जन झाले मोफसलमा नाटक महोत्सव गर्नुको औचित्य प्रष्ट पारेका थिए । उनीहरुले मोफसलमा नाटक हेर्ने परम्पराको विकास गर्न, त्यसको माध्यमबाट सांस्कृतिक पर्यटनको विकास गर्न राष्ट्रिय नाटक महोत्सव मोफसलमा लैजाने परम्पराको सुरुवात गरेको बताए ।
जेठ २७ गते निम्फा दोलखाको बिहेको चटारो र चुलाचुली रङ्गमञ्च समूह, इलामको देवाङसी राजा, जेठ २८ गते एम आर्ट थिएटर काठमाडौँको आहार्या र मिथिला नाट्यकला परिषद्, जनकपुरको उधार जुता, जेठ २९ गते लोक सञ्चार नाट्य समूह, काठमाडौँको सखी र विराट मैथिल नाट्य परिषद् विराटनगरको जिउँदो आकाश प्रर्दशन भएको थियो । नाटक प्रदर्शनमा उललेख्य दर्शकहरुको उपस्थिती भएकोमा आयोजकले खुसी व्यक्त गरेको छ । आज आरोहण गुरुकूल विराटनगरको महादेवको बाजी र तरङ्ग सांस्कृतिक परिषद् हेटौँडाको केरमेट सपना प्रदर्शन गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF