हिन्दू स्वयंसेवक संघको तालिम सम्पन्न

 आवाज संवाददाता     ९ कार्तिक २०७३, मंगलवार

दोलखा, कात्तिक ७/हिन्दू स्वयंसेवक संघ नेपाल, प्राथमिक शिक्षा वर्ग, गौरीशंकर विभागद्वारा आयोजित ७ दिने स्वयंसेवक तालिम सम्पन्न भएको छ ।
तालिममा दोलखाका १ सय ४१, रामेछापका ३६ र सिन्धुपाल्चोकका ४ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई हिन्दू धर्म, संस्कृति र संस्कारबारे तालिम दिइएको गौरीशंकर विभागका जिल्ला कार्यबाह शिव केसीले जानकारी दिए । उनीहरुलाई शारीरिक व्यायाम, नित्य पूजा मन्त्र, आशनग्रहणबाट गरिने योग, भोजन मन्त्र आदिबारे समेत तालिम दिइएको कार्यबाह केसीले जानकारी दिए । तालिममा संघका ११ जना शिक्षकहरु खटिएका थिए ।

20161025162821_img_0662
सहभागीहरुलाई गौरीशंकर विभागका वर्गाधिकारी कृष्णबहादुर गौतम, पुष्करनाथ पोखरेल, केशवराज चौलागाईँ, मुकेश शाहले बौद्धिक कक्षा लिएका थिए । वर्गाधिकारी कृष्णबहादुर गौतमको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रम जनजाति कल्याण आश्रम संगठन मन्त्री प्रेम थुलुङको प्रमुख आतिथ्यमा भएको थियो ।
यसअघि प्रमुख अतिथि, अतिथिहरु, सहभागी, प्रशिक्षक तथा विभागका सदस्यहरुसहितको टोलीले चरिकोट बजारमा मार्चपास गरेको थियो ।

20161025154737_img_0620

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।