व्यवसायीहरु करका समस्यामा

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार
– आवाज संवाददाता
आन्तरिक राजश्व कार्यालय र दोलखाका उद्योगी व्यवसायीहरु बीच अन्र्तक्रिया भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा चरिकोटमा भएको कार्यक्रममा व्यवसायीहरुले आफूले कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र लिएपछि बर्षौंदेखि आफ्नो नाममा बाँकी रहेको गुनासो गरे ।
दोलखा निर्माण व्यवसायी संघका अध्यक्ष रामेश्वर उप्रेतीले कर चुक्ता गरिसकेका व्यवसायीहरुको पनि कर चुक्ता गर्न बाँकीको विवरणमा नाम आएर दुःख पाएको बताए । जेभीमा काम गरेका व्यवसायीले काम सकेपछि वर्षौदेखि करबाट दुःख पाएको बताए ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले पहिले जस्तो व्यवसायीहरु भाग्नु पर्ने अवस्था नभएको बताए । कर कार्यालयले उद्योग वाणिज्य संघ मार्फत व्यवसायीका समस्या समाधानमा सहयोग गर्नु पर्ने बताए ।
आन्तरिक राजश्व कार्यालयबाट दोलखा र रामेछापमा कर छलीका विषयमा अनुगमनमा एक टोली आएको थियो । टोलीका संयोजक कर अधिकृत उद्धव भट्टराईले हरेक वर्ष कर शिक्षा कार्यक्रम सञ्चालन गरे तापनि त्यसको उपलब्धी नदेखिएको जानकारी दिए ।
व्यवसायीहरुले हतारमा सम्पूर्ण कागजात पूरा नगरी काम गर्दा व्यवसायीको कर चुक्ता गर्न बाँकी देखिएको बताए । एउटै स्थानबाट २ वटा प्यानबाट कारोबार गरेको पाइएकाले यस्तो काम गम्भिर अपराध भएको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।