दोलखाका ४४ हजार ५ सय भुकम्प पीडितलाई पहिलो किस्ता निकासा

 आवाज संवाददाता     १० कार्तिक २०७३, बुधबार

 

दोलखा ४४ हजार ५ सय ३५ भुकम्प पीडितलाई पहिलो किस्ता निकासा भएको छ । जिल्ला विकास समिति दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपालले नियमित पत्रकार भेटघाटमा ४५ हजार ८ सय ६ जना भुकम्प पीडितसँग सम्झौता सकिएको जानकारी दिए ।
दोलखामा ५१ हजार ९ सय ३४ जना लाभग्राहीहरुको नाम प्रकाशन भएको छ । सर्वेक्षणमा ४ हजार ४३ सय ८३ को छुटेको गुनासो आएको छ भने सर्वेक्षण गरेर निस्सा लिए तापनि ११ हजार ९ सय ५७ को नाम छुटेको गुनासो प्राप्त भएको बताए ।
गुठीमा दर्ता भएकाले भेड्पू गाविस सिंङ्गैको १ हजार ३ सय १३ कुनै सम्झौता हुन सकेको छैन । भेड्पू गाविसको जग्गा व्यक्तिको नाममा नापी नै भएको छैन । त्यसैगरी गुनासो सुनुवाइ नभएसम्म सम्झौता नगर्ने अडानले शैलुङ्गेश्वर गाविसको ७ सय ६६ जनाको सम्झौता हुनै सकेको छैन । झ्याँकूका एउटा सिङ्गै वडाको १ सय ७२ लाभग्राहिको नामावली अस्पष्ट छ ।
भुकम्पले क्षति पु¥याएका मध्ये गैर सरकारी संस्थाहरुले १ हजार ४ सय ७४ को घर निर्माण गरिदिने भएका छन् । सरकारले उपलब्ध गराएको अनुदान बराबर खर्च गरेर कारितास नेपालले ओराङ र बुलुङका १ हजार ३४ जनाको, सेभ द चिल्ड्रेनले ३ सय ५० र एसओएसले ९० वटा घर निर्माण गर्ने सम्झौता भएको स्थानीय विकास अधिकारी नेपालले बताए ।
सरकारबाट रकम निकासा समयमै भए तापनि बैंकहरुको ढिलासुस्तीका कारण धेरै भुकम्प पीडितले पहिलो किस्ता समेत पाउन सकेका छैनन् । केही बंैकहरुले जनशक्ति थप गरेर रकम वितरण गरे तापनि अधिकाँश बैंकहरुले आधा संख्यालाई पनि रकम वितरण गर्न सकेका छैनन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।