माथिल्लो तामाकोशीको सुरुङमार्गमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु

 आवाज संवाददाता     १८ कार्तिक २०७३, बिहीबार

दोलखा, कात्तिक १८/माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य सुरुङमा गाडी दुर्घनटना हुँदा एकजनाको मुत्यु भएको छ भने दुई जना घाइते भएको छन् ।
आयोजनाको पावरहाउसभित्र सामान लैजाने क्रममा गाडी पल्टिँदा बोच ९ का गोपी बस्नेतको घटनास्थलमै मृत्यु भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । दुर्घटनामा गाडीका हेल्पर लामाबगर ६ स्यालुका सिम्बा तामाङ र एक चीनीया नागरिक घाइते भएका छन् । प्रवक्ता डाक्टर गणेश न्यौपानेका अनुसार घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचार भैरहेको छ ।
सिमेन्ट, गिटी, बालुवा मिक्स गरी सुरुङभित्रै लैजाने क्रममा गाडी दुर्घटना भएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।