माथिल्लो तामाकोसीको सरकारी ऋण अतिविपन्न र सहिद परिवारलाई शेयरमा रुपान्तरण गर्ने प्रधानमन्त्रीको घोषणा

 आवाज संवाददाता     २३ कार्तिक २०७३, मंगलवार

प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोसीमा सरकारको तर्फबाट लगानी गरेको ११ अर्ब ऋण अतिविपन्न र सहिद परिवारलाई शेयरको रुपमा रुपान्तरण गर्ने बताए । सहिद परिवार र अतिविपन्नका लागि ऋणलाई शेयरमा रुपान्तरण गर्नका लागि सरकारले गृहकार्य गरिरहेकोे जानकारी दिए ।
आयोजनामा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोष र बीमा संस्थानको २÷२ अर्ब ऋण लगानी गरेका छन् । नपुग ११ अर्ब सरकारले ऋण लगानी गर्ने प्रतिबद्धता गरेको छ ।
आयोजनाको शेयर संरचनाअनुसार नेपाल विद्युत प्राधिकरण ४१{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, नेपाल टेलिकम ६{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, नागरिक लगानी कोष २{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, राष्ट्रिय विमा संस्थान २{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरु १७ दशमलब २८{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, सर्वसाधारण १५{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, आयोजनामा ऋण लगानीकर्ता संस्थाका कर्मचारी २ दशमलब ८८{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11}, कम्पनी र विद्युत प्राधिकरण कर्मचारी ३ दशमलब ८४{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11} र स्थानीय दोलखा जिल्लावासीको १० प्रतिशत शेयर हुनेछ । यस मध्ये अरु शेयर संकलन भइसके तापनि सर्वसाधरण र दोलखाबासीको शेयर संकलन हुन बाँकी छ ।

६ महिना अघि आयोजना पूरा भए कर्मचारी पुरस्कृत गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोसी जलविद्युत आयोजना ६ महिना अघि पूरा गरे कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् । मंगलबार विहान आयोजनाको स्थलगत निरीक्षणपछि देशको नमूना आयोजना हो छिटोभन्दा छिटो सक्नेगरी काम गर्न निर्देशन दिए ।
हेलिकप्टरबाट विहान ८ बजे लामाबगर आएका प्रधानमन्त्रीले बाँधस्थल लगायतका आयोजनाको संरचनाको हेलिकप्टरबाटै निरीक्षणपछि विद्युत गृहको स्थलगत निरीक्षण गरेका थिए । स्थलगत निरीक्षणपछि आयोजनाका कर्मचारी र स्थानीयसँग छोटो अन्र्तक्रिया गरेर फर्किए ।
प्रधानमन्त्रीले तामाकोसी आयोजनाको प्रबद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर कम्पनीलाई रोल्वालिङ डाइभर्सन र ८७ मेगावाटको तामाकोसी पाँचौको समेत काम अघि बढाउन निर्देशन दिए । आयोजनाको काम पूरा भएपछि ६ किलोमिटर सुरुङ निर्माण गरी रोल्वालिङ खोलाको पानी सुख्खा मौसममा आयोजनाको बाँकमा खसाल्ने योजना छ ।
डाइभर्सन आयोजनामा करिव साढे २ अर्ब रुपैयाँ लाग्ने (२ करोड ६० लाख डलर) लाग्ने प्रारम्भीक अध्ययनले देखाएको छ । ६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । यो समेत गरी माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब ४५ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने छ ।
तामाकोसी पाँचौ माथिल्लो तामाकोसीकै क्यासकेट आयोजना हो । माथिल्लो तामाकोसीको टेलरेसबाट निस्केको पानीलाई ६ किलोमिटर सुरुङ निर्माण गरी सुरीटारमा विद्युत गृह निर्माण गरेर ८७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणले विस्तृत अध्ययन पूरा गरिसकेको छ । यो आयोजना कम्पनी मोडेलमा निर्माण गर्ने सरकारले निर्णय गरे तापनि माथिल्लो तामाकोसीकै प्रबद्र्धकलाई दिनु पर्ने स्थानीयस्तरबाट आवाज उठ्दै आएको छ । आयोजनाको लागत १४ अर्ब अनुमान गरिएको छ ।
लामाबगर–तिब्बत नाका खोल्न यातायात सचिवलाई निर्देशन
प्रधानमन्त्री लामाबगर आउने जानकारी पाउने वित्तीकै २ दिनको कठिन बाटोको यात्रा गर्दै आएको लामाबगर १ लप्चीबासीले बाटो माग गरेका छन् । बाटो माग गरेपछि सँगै भ्रमणमा रहेका भौतिक यातायात मन्त्रालयका सचिवलाई के गर्न सकिन्छ ? भनेर तत्कालै सोधे । उनले बजेट र निर्देशन भए तत्काल सुरु गर्न सकिने जवाफ दिए लगत्तै प्रधानमन्त्री दाहालले काम अघि बढाउन स्थलगत रुपमै दिए ।
लामाबगरदेखि लप्चीसम्म ३० किलोमिटर सडक ट्रयाक खोल्ने काम ६ वर्षदेखि डिभिजन सडक कार्यालय चरिकोटले गर्दै आए तापनि खासै उपलब्धी हुने सकेको छैन । लामाबगर तातोपानीभन्दा पुरानो तिब्बतसँगको व्यापारिक नाका समेत हो । सिमा प्रशासन र भन्सार कार्यालय समेत भए तापनि ति कार्यालय बर्षौंदेखि काम विहीन छन् । लामाबगरबाट ङ्याङलुङ जोड्दा १२ किलोमिटर र लप्ची जोड्दा ३० किलोमिटर सडक निर्माण गर्दा तिब्बत सिमाना जोडिन्छ ।

माथिल्लो तामाकोसी आयोजनाको वर्तमान अवस्था
राष्ट्रिय गौरवको स्वदेशी पूँजीमा दोलखाको लामाबगर गाविसमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको छ ।
२०६७ सालबाट निर्माण सुरु भएको आयोजना २०७३ असारसम्म निर्माण सम्पन्न हुनु पर्नेमा २०७२ सालको आम विनासकारी भुकम्प, निरन्तरको पराकम्प र भारतीय नाकावन्दीले प्रतिकूल असर गरेको आयोजनाले कार्यप्रगति प्रतिवेदनअनुसार ८१ दशमलब ९० प्रतिशत निर्माण कार्य सम्पन्न गरेको हो ।
विभिन्न ४ लट गरी निर्माण सुरु गरेको आयोजनाको ८२ प्रतिशत लक्ष्य हासिल गर्दा कूल ३१ अर्ब ८४ करोड खर्च भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रमुख तथा प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । आयोजनाको अनुमानित ३५ अर्ब २९ करोड भए तापनि भुकम्प, नाकाबन्दी, बजारको मूल्य वृद्धि, डलरको मजबुती लगायतका कारणले लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको छ ।
आयोजनामा लट–१ को मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिल निर्माण कार्य करिब ८५ प्रतिशत सम्पन्न गरेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । प्रवक्ता न्यौपानेका अनुसार सिभिल निर्माण कार्य अन्र्तगतको बाँध निर्माण ८५ प्रतिशत, मुख्य सुरुङ ८१ प्रतिशत, टेलरेस सुरुङ शतप्रतिशत, अडिट लगायत अन्य सुरुङ ९९ प्रतिशत, भूमिगत विद्युतगृह तथा ट्रान्सफर्मर क्याभर्न कंक्रिट कार्य ८८ प्रतिशत कार्य पुरा भएको छ ।
लट–२ को इलेक्ट्रोमेकानिकलले पनि बाँधस्थलमा गेट हबसम्वन्धी कार्यहरु करिब ५५ प्रतिशत पुरा भएको छ भने पावर हाउसमा ट्रान्सफर्मरको पाइपीङ कार्यहरु अन्तिम चरणमा पुगेको छ । लट–३ मा पर्ने हाइड्रोमेकानिकल अन्तर्गत टर्वाइनका पार्टसहरु आयोजनास्थल पुगि ‘डेभलपिङ’ कार्य भैरहेको आयोजनाले जनाएको छ ।
आयोजनाको लट–४ अन्र्तगत पर्ने विद्युत प्रसारणको लागि २२०÷१३२ केभीको प्रसारण लाइन भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले सुरु गरेको निर्माण कार्य करिब ७० प्रतिशत सम्पन्न भएको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । केइसीले गोंगरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर लाइन प्रशारण गर्ने १ सय २७ ओटा टावरमार्फत ६४ ओटा टावर निर्माण सम्पन्न, थप ३० ओटा टावरको जग खन्ने कार्य सम्पन्न गरिसकेको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए ।
लट–१ को ठेकेदारले भूकम्पले क्षतिग्रस्त भएको प्रवेशमार्ग अन्तर्गत काभ्रे भीरमा ३ सय ३० मिटर लम्बाइ हुने सुरुङमार्गको गत असारदेखि सुरु गरी शुक्रबारसम्म २ सय ७२ मिटर खन्ने कार्य सम्पन्न गरेको छ । सुरुङमार्गको निर्माण सम्पन्न भएपछि बाँधस्थलको विभिन्न थप कार्य गर्न सकिने आयोजनाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF