फूल तार्न जाँदा तामाकोशीले बगायो

 आवाज संवाददाता     २५ कार्तिक २०७३, बिहीबार

दोलखा, कात्तिक २५ । ठूलो एकादशी व्रतको क्रममा फूल तार्न गएका उकजनालाई तामाकोशी नदीले बगाएको छ ।
जिल्लाको दक्षिणी गाविस भेड्पु २ बगुवाबेँसीका ४७ वर्षीय बद्रीविक्रम भण्डारीलाई तामाकोशीले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए । स्थानीयलाई उधृत गर्दै फूल तार्न गएका भण्डारी बाबियोको डोरी पारी पु¥याउने क्रममा पौडी खेल्दा कोशीले बिहान करिब ११ बजे बगाएको बताए ।
कोशीले बगाएका भण्डारी बेपत्ता छन् भने जिल्ला प्रहरी कार्यालय दोलखाले रामेछाप प्रहरीसँग समन्वय गरी स्थानीयहरु सहितको टोलीले खोजी गरिरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।