बलात्कारको आरोपमा युवक पक्राउ

 आवाज संवाददाता     २५ कार्तिक २०७३, बिहीबार

दोलखा, कात्तिक २५/मिर्गे गाविसकी एक युवतीलाई जवर्जस्ती करणी गरेको आरोपमा नाम्दू ४ का गुञ्जे नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
आज विहान ४ बजे मिर्गेकी १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय नेपालीलाई आज दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।
हिजो बेलुका युवतीको घर नजिक धार्मिक कार्य लगाइएको र सबैजना सोही पूजामा सहभागी भएकोमा भोलिपल्ट बिहानै पूजा घर नजिकै निजले ती युवतीलाई जवर्जस्ती करणी गरेको अनुसन्धान क्रममा खुलेको प्रहरीले जनाएको छ । घटनासम्बन्धमा थप अनुसन्धान कारवाही भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।