प्रधानमन्त्री प्रचण्डको प्रश्न-फेसबुकमा गलत कुरा भाइरल भो, कसरी ठीक पार्ने ?

 आवाज संवाददाता     २६ कार्तिक २०७३, शुक्रबार

२६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजिक सञ्जाल दुरुपयोग हुने खतरा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । साथै यसलाई कसरी ठीक पार्ने सुझाव दिन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

सरकारको १०० दिनको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले फेसबुकसहितका सामाजिक संजालमा गलत कुराहरु भाइरल भएको बताए ।

प्रधानमन्त्रीले भने, सामाजिक सञ्जालको असाध्यै दुरुपयोग हुने खतरा बढेकोप्रति पनि सरकार असाध्यै संवेशदनशील छ । तपाई पत्रकार साथीहरु, लाइसेन्स लिनुभएको छ, एउटा हैसियत बनाउनुभएको छ, राष्ट्र, जनता सबैप्रति जिम्मेवारीपूर्वक जानुहुन्छ, तपाईहरुका आफ्ना धारणा हुन्छन्, आलोचना हुन्छन् । तपाईहरुलाई समाउन पनि सकिन्छ, तपाईसँग छलफल गर्न पनि सकिन्छ ।’

उनले अघि भने, तर, अहिले यो फेसबुक र सोसियल मिडिया यस्तो भयो कि असाध्यै गैरजिम्मेवार मान्छे, कुनै हैसियत नभएको, कुनै जिम्मेवारी नभएकोले पनि गलत टिप्पणी गर्ने र त्यो भाइरल हुनेचाँहि खतरा पैदा भएको छ । यो रियल जर्नालिष्टका लागि बढी चासोको विषय हो भन्ने लागेको छ मलाई । तपाई पत्रकारहरुले यसमा अलि बढी ध्यान दिनुपर्‍यो ।’

तपाई पत्रकारहरुले उठाएको टिप्पणीभन्दा संसारको कुनै कुनामा बसेको मान्छेले गर्ने गैरजिम्मेवारपूर्ण टिप्पणी चाहिँ भाइरल भएर जाने र मान्छे त्यसैको पछि कुद्ने खतरा भयो भने के गरी ठीक पार्ने ? यसमा चाँहि तपाई पत्रकारहरुले अझ गम्भीर रुपले विचार गरिदिनुपर्छ र सरकारलाई सुझाव दिनुपर्छ भन्ने मेरो आग्रह छ ।’

अनलाइनखबर

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।