दोलखामा ३ वटा गाडीमा आगजनी, बजार र शिक्षणसंस्था बन्द

 आवाज संवाददाता     २८ कार्तिक २०७३, आईतवार

दोलखा, कात्तिक २८/दोलखा सदरमुकाम चरिकोटस्थित सुभेच्छा होटलसँगै पार्किङ गरिराखेको दुईवटा मोटरसाइकल र एउटा गाडी जलाइएको छ । नेकपा माओवादी विप्लव समूले बन्द आयोजना गरेको अघिल्लो राती ती सवारीसाधन जलाइएको हो ।
राती करिब १ बजे जिल्ला विकास समितिका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने गरेको बा २ ब २४० नम्बरको सरकारी मोटरसाइकल र जफेका गुणराज पोखरेलको बा ४७ प ४९७८ नम्बरको मोटरसाइकलमा आगजनी गरेर नष्ट पारिएको छ । मोटरसाइकलसँगै पार्किङ गरी राखिएको बा १० च १४७४ नम्बरको किया कम्पनीको गाडी पनि जलेर आंशिक क्षति भएको छ । यो गाडी दोलखा उद्योग वाणिज्य संघका महासचिव इन्द्र श्रेष्ठको हो ।

????????????????

माओवादी विप्लव समूहले आयोजना गरेको बन्द सफल बनाउन सोही समूहले गाडी जलाइएको अनुमान गरिएको छ । तर घटनाको जिम्मेवारी कसैले पनि नलिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बन्दकर्ता विप्लव समूहका मानिसहरू फिल्डमा देखिएका छैनन् तर चरिकाेट बजार बन्दप्राय छ । शिक्षणसंस्थाहरू बन्द छन् । सार्वजनिक सवारीसाधनहरू चलेका छैनन् ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF