आईसीसीको नयाँ प्रस्तावसँगै नेपाललाई टप १० टेष्ट टिमसँग खेल्ने अवसर

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार

काठमाडौं, ५ असार । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तयार पारेको नयाँ प्रस्तावसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमले नयाँ अवसर पाउने भएको छ ।

आईसीसीले नयाँ एकदिवसीय लिगको प्रस्ताव तयार पारेपछि नेपालले टेष्ट मान्यता प्राप्त शीर्ष दश टिमसँग खेल्ने मौका पाउने भएको हो ।

क्रिकइन्फोका अनुसार आईसीसीद्वारा प्रस्तावित नयाँ लिगमा १० शीर्ष टेष्ट टिम र नेपाल, अफगानिस्तान र आयरल्याण्डसहित १३ देशको सहभागिता रहनेछ । यो लिग तीन वर्षको हुने र यो अवधिमा सबै देशले एक अर्कासँग खेल्ने अवसर पाउनेछन् ।

यसैगरी लिगको शीर्ष दुई टिमले प्ले अफ सिरिज खेल्नेछ भने त्यसको विजेता एकदिवसीय लिगको विजेता हुने व्यवस्थासहित आईसीसीले नयाँ प्रस्ताव तयार गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।