जनसचेतनमा पुनः भीम दाहाल सर्वसम्मत

 आवाज संवाददाता     २८ कार्तिक २०७३, आईतवार

जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा पुनः भीमप्रसाद दाहालको नेतृत्वमा सर्वसम्मत सञ्चालक समिति चयन भएको छ । अन्तराष्ट्रिय स्तरको सिल्भर ब्राण्ड प्राप्त काब्रेको मैनापोखरीमा केन्द्रीय कार्यालय रहेको जनसचेतनको २३ औं साधारण सभावाट अध्यक्ष पदमा भिमप्रसाद दाहाल, उपाध्यक्ष हेमन्त चौंलागाई, सचिवमा मिनप्रसाद दाहाल, सह सचिवमा नारायण प्रसाद दाहाल, कोषाध्यक्षमा कमलवहादुर दाहाल चयन भएका छन् ।
त्यसैगरी अन्य सञ्चालक सदस्यहरुमा भरत केसी, स्वस्थानी कुँवर, रोचकुमारी चौलागाई, शरदचन्द्र सापकोटा, चक्र विक, अस्मिता दाहाल, टंक सुनुवार, शिवराम ढकाल, फुलकाजी लामा र सुमिता शिवाकोटी उप्रेती चयन भएका छन् । लेखा तथा सुपरीवेक्षण समितिमा गोपालध्वज श्रेष्ठ, राधाकृष्ण दाहाल र पुष्प दाहाल चयन भएका छन् । नवनिर्वाचित सञ्चालक तथा लेखा समिति पदाधिकारी सदस्यहरुलाई निर्वाचन समिति संयोजक केशवकुमार कार्कीले पद तथा गोपनीयताको सफत गराएका छन् । जनसचेतनको निर्वाचन प्रक्रिया १८ दिन अघि नै पूरा भए तापनि २३ औं साधारण सभाको दिन शनिबार अनुमोदन गराएको हो ।
साधारण सभा सांसद पशुपति चौलागाईले उद्घाटन गरे । कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष डीबी बस्नेत लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधि लगायतको ठूलो उपस्थिति थियो ।
जनसचेतन साकोसको आर्थिक वर्ष २०७२÷७३ को अन्तसम्म कुल पुँजी ७२ करोड ४ लाख ३२ हजार २ सय ६७ रहेको छ । त्यसैगरी कुल बचत ५७ करोड ४ लाख ६० हजार ९७१, कर्जा लगानी ५८ करोड ५१ लाख २८ हजार ९५६, खुद नामा १ करोड ९४ लाख २३ हजार ९० र शेयर पुँजी ५ करोड ७६ लाख १९ हजार ४ सय रहेको छ ।
जनसचेतन २३ वर्ष अघि यज्ञराज ढुङ्गेलको पहलमा काब्रे गाविसमा स्थापना भएको हो । हाल सहकारीको कार्यक्षेत्र दोलखा जिल्लाभर रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF