सिनोहाइड्रोद्वारा शैक्षिक सामग्री वितरण

 आवाज संवाददाता     ३० कार्तिक २०७३, मंगलवार

दोलखा, कात्तिक ३०/राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण कम्पनी सिनोहाइड्रोले लामाबगर क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको संयोजनामा चीनीया ठेकेदार सिनोहाइड्र कर्पोरेशनको व्यूरो ६ ले लामाबगर गाविसका विभिन्न विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
लामाबगर ७ को गौरीशंकर मावि, लामाबगर ६ को देउलाङ ठाडी प्रावि, लामाबगर ६ कै गोगनेश्वर प्रावि, लामाबगर ५ को गोगनडाँडा प्राविका करिब २ सय छात्रछात्राहरुलाई झोला, इन्स्ट्रुमेन्ट बक्स, कापी तथा सिसाकलम विगरण गरिएको आयोजनाले जानकारी दिएको छ ।
शैक्षिक सामग्री वितरण गर्दै सिनोहाइड्रो कर्पोरेशनका व्यूरो ६ का मेनेजर वाङ हुवाले कर्पोरेशनबाट भएको सानो सहयोगले विद्यार्थीहरुमा अझ बढी लगनशील भई अध्ययन गर्न हौसला मिल्ने धारणा व्यक्त गरे । त्यसैगरी गौरीशंकर मावि, जगतका प्रधानाध्यापक कृष्णबहादुर खड्काले सिनोहाइड्रोको सहयोगले आयोजना र स्थानीय बासिन्दाबीच भाइचारा बृद्धि भई आयोजना सम्पन्न गर्न मद्दत मिल्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।