बैंकको लार्पवाहीले भूकम्प पिडितले पहिलो किस्ता पाउन सकेनन्

 आवाज संवाददाता     २ मंसिर २०७३, बिहीबार

 

बैंकहरुले समयमा काम नगरिदिँदा भूकम्प पिडितहरुले आवास निर्माणको रकम पाउन ढिलाई भएको छ । सरकारले दसैं अगावै भुकम्प पीडितलाई पहिलो किस्ता दिने घोषणा सहित रकम निकासा गरे तापनि बैंकहरुको ढिलासुस्ती र लाभारबाहीले कतिपय गाउँका भुकम्प पीडितले अहिलेसम्म रकम पाउन सकेका छैनन् ।
जिल्लाको लादुक र चिलंखा गाविसका १४० भूकम्प पिडितको लागि दशैं अगाडि कोष तथा लेखा नियन्त्रण कार्यालयवाट रकम निकासा भएको भएपनि नेपाल इन्भेष्मेण्ट बैंकले समयमा काम नगरिदिँदा आजसम्म रकम पाउन सकेका छैनन् । प्रष्ट बुझिन छाप र सही भए तापनि बैंकले विभिन्न बहाना बनाउँदै आएको छ ।
दोलखा जिल्लाको लादुक र चिलंखा गाविसका भूकम्प पिडितहरुका लागि स्थायी आवासको लागि रकम वितरणको जिम्मा लिएको बैंक र बैंकको खाता खोल्न तथा लिँन जाँदा बैंकले समयमा रकम जम्मा नगरी उल्टो बैंकले वाहाना बनाएर जिल्ला विकास समिति दोलखालाई पत्र पठाएको पिडितहरुले वताएका छन् ।
बैंकले पत्रमा ७० लाख र ३ लाखको दुई वटा चेक रकमान्तरणको लागि क्लीयरीङमा पेश गर्दा स्पष्ट छाप नभएको उल्लेख गरेको डेढ महिनापछि चेक फिर्ता आएको छ । कोलेनिका दोलखाले असोज १६ गते बैंकमा पठाएको भए तापनि बैंकले कात्तिक २४ गते मात्र उक्त विवरणको पत्र पठाएको छ । यसरी हेर्दा बैंकको लार्पवाही प्रष्ट देखिन्छ भने कोष तथा लेखा नियन्त्रण कार्यालयबाट पठाएको चेकको पछाडि लगाईएको छाप स्पष्ट देखिन्छ । यसवाट के प्रष्ट छ भने बैंकले आफ्नो गल्तीलाई ढाकछोप गर्न ढिला समयमा पत्र लेखेको देखिन्छ ।
दोलखा इन्भेष्टमेन्ट बैंकको कुनै शाखा समेत छैन । जिल्लामै शाखा नभएको बैंकलाई रकम वितरणको जिम्मा दिंदा पछि समस्या पर्ने आवाज उठी रहेको बेला अहिले त्यो प्रमाणित भएको सरोकारवालाहरु बताउँछन् । रकामान्तर भएर बैंक खातामा गएको रकम आफैंले चलाउन पाउने भएकाले पनि बैंकहरुले ढिलासुस्ती गरेको आरोप छ । स्थानीय विकास अधिकारी शंकर नेपालले बैंकहरुको ढिलासुस्तीले पीडितले पहिलो किस्ता नपाएको विषयमा तत्काल समन्वय गर्ने बताए ।
दोलखामै शाखा भएका बैंकले पछि अहिलेसम्म कतिपय गाविसमा रकम वितरण सुरु गर्नै सकेका छैनन् । दोलखाको जुँगू, झ्याँकू, नाम्दू, शैलुङ्गेश्वर, भ्ड्पूका भूकम्प पीडितले पहिलो किस्ता पाउँन सकेका छैनन् । लिने बेलामा धेरै क्षेत्र लिएका बैंकहरुले थप कर्मचारी पनि व्यवस्था नगरी काम गरेकाले पनि ढिला भएको भूकम्प पीडितहरुको गुनासो छ । पहिलो किस्ता लिनका लागि हप्तौंसम्म बैंक धाउनु परेको पीडितहरुको गुनासो छ ।

dav

dav

dav

dav

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।