ह्याण्डबल खेललाई मलजल गर्न आग्रह

 आवाज संवाददाता     २ मंसिर २०७३, बिहीबार

दोलखा, २ मंसिर/दोलखा जिल्ला ह्याण्डबल संघ तथा नेपाल ह्याण्डबल महासंघको आयोजनामा दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित १० दिने ह्याण्डबल तालिम सम्पन्न भएको छ । करिब २५ वर्षपछि दोलखामा ह्याण्डबल खेल ब्युँझिएको हो ।
‘ह्याण्डबल एट स्कुल’ कार्यक्रम अन्तर्गत दोलखाका विभिन्न विद्यालयका शिक्षकहरुका लागि तालिमको आयोजना गरिएको आयोजकले बताएका छन् । तालिममा २५ विद्यालयका ४७ शिक्षक, १ सय ५० विद्यार्थी तथा १० जना रणभीम गणका सैनिक जवानहरु सहभागी थिए ।

20161117144410_img_2006
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल ह्याण्डबल महासंघका पूर्व केन्द्रीय महासचिव एवं सल्लाहकार विश्ववम मल्लले ह्याण्डबल खेल हाम्रो देशको भूगोल, नेपालीहरुलाई सुहाउँदो खेल भएको बताए । उनले दोलखा जिल्लामा ह्याण्डबल खेलको वीउ मात्रै रोपिएको उल्लेख गर्दै त्यसलाई मलजल गर्ने काम प्रशिक्षार्थीहरुले गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सबै दोलखावासीलाई ह्याण्डबल खेलको विस्तारमा लाग्न आग्रह गरे ।

20161117142137_img_1998
कार्यक्रमका विशिष्ट अतिथि एवं मुख्य प्रशिक्षक हङ्गेरीका इस्ताभान जुहासले छोटो समयमा प्रशिक्षार्थीहरुले राम्रोसँग सिकेकोमा आफू सन्तुष्ट भएको बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हीरा थोकरले अहिलेसम्म ह्याण्डबल खेललाई राष्ट्रपति कपमा र जिल्लास्तथरीय खेलमा समावेश नगरिएकोमा अव त्यसका लागि पहल गर्ने बताए । उनले चाँडै टुँडिखेललाई व्यवस्थित गरिने पनि बताए ।
प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि विश्ववम मल्ल, विशेष अतिथि इस्ताभान जुहास, विशेष अतिथि रणभीम गणका गणपति प्रमुख सेनानी झविन्द्रबहादुर रेश्मीले प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल ह्याण्डबल महासंघका उपाध्यक्ष प्रवीण थोकरको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र राजन बस्नेतले खेलको माध्यमबाट पर्यटन विकासमा लाग्नुपर्ने बताए ।

20161117142916_img_2005
कार्यक्रमको अवसरमा निम्फा दोलखाका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । आयोजकले सहभागी विद्यालयहरुलाई ह्याण्डबल समेत वितरण गरेको थियो ।
खेलाडी तथा प्रशिक्षार्थीहरुले ह्याण्डबलको ‘फ्रेण्डसिप खेल प्रदर्शन गरेका थिए ।

20161117154022_img_2054

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।