एक युवतीले अाफुसंग बिवाह नगरे अात्महत्या गर्छु भनेपछी अक्षयकुमार तनावमा

 आवाज संवाददाता     ३ मंसिर २०७३, शुक्रबार

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु छन् जसका फ्यानहरु अजबगजब हर्कत गर्न रुचाउँछन् । कहिले सलमान खान त कहिले शाहरुख खानका फ्यानहरुको बेलाबेलामा चर्चा भइनै रहन्छ । तर, पछिल्लो पटक अक्षय कुमारले आफ्नो एउटा फ्यानले दिएको सास्तीबारे बोलेका छन् ।

अक्षय कुमारका अनुसार केही समय अघि एकजना फ्यानले उनलाई निकै परिबन्धनमा पार्ने काम गरिन् । एकजना उनको फ्यानले घर अगाडी नै अनशन बसिदिइन् । अक्षयको सेक्युरिटी गार्ड आएर फ्यानबारे जानकारी गराएका थिए । तीनदिन देखि भोकै बसेकी फ्यानले अक्षयसँग भेट्न खोजीरहेकी थिइन् ।

अक्षयले थाहा पाएपछि उनलाई घरभित्रै भेट्न बोलाए । उनले सोचेका थिए कि कोही फ्यान होला अटोग्राफ दिएपछि फर्केर जानेछिन् । तर, भित्र आएपछि फ्यान एक्कासी अक्षयको अगाँलोमा बाध्न खोजिन् र रुन थालिन् ।

अक्षयका अनुसार उनी राम्रो परिवारबाट भएको जस्तो देखिन्थिइन् । तर, अक्षय त्यतिखेर डराए जब उनले विवाहको प्रस्ताव राखिन् । नत्र भने कुनै हालतमा आफुलाई नछोड्ने उनले बताए । अक्षयले फ्यानको घरको नम्बर लिए र परिवारलाई बोलाउने काम गरे । परिवारले आएपछि बल्ल थाहा भयो उनी एक धनी परिवारबाट थिइन् । आफुलाई भेट्न घरबाट भागेर आएको समेत उनले थाहा पाए ।नेपालीपत्रकाे सहयाेगमा

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF