अमेरीकी राष्ट्रपती ट्रम्पलार्इ साउदीबाट अायाे यस्ताे चेतावनी

 आवाज संवाददाता     ३ मंसिर २०७३, शुक्रबार

अमेरीकी नवनिर्वाचित राष्ट्रपती डाेनाल्ड ट्रम्पलार्इ साउदीले तेल खरिद कटाैती नगर्न चेतावनी दिएकाे छ ।  आफ्नो चुनावी प्रचारका क्रममा आफूले जिते अरवबाट तेल खरिद बन्द गर्ने बताएका ट्रम्पले चुनाव जितेपछि साउदी अरेवियाले यस्तो चेतावनी दिएको हो ।

न्यूयोर्को टाइम्स स्क्वाएरमा आयोजित मार्चमा ट्रम्पले भनेका थिए, “साउदी अरेविया हामी विना धेरै दिन बाँच्न सक्दैन । आतंकबादी समूह आइएसविरुद्ध लड्न सेना नपठाउने अरव देशबाट तेल आयात गरिनेछैन ।”साउदी मन्त्री खालिद अल फलिहले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै ट्रम्पले यसो गरे अमेरिकालाई ठूलो घाटा हुने चेतावनी दिएका छन् ।

अमेरिकालाई इन्धनमा आत्मनिर्भर बनाउने घोषणा गरेका ट्रम्पको उक्त भनाइले साउदी अरेवियाको टाउको दुखाएको छ । अमेरिका र साउदी अरेवियाबीच ठूलो ब्यापारिक साझेदारी छ । यद्यपी आतंकबादीहरुलाई अरवले सघाएको भन्ने विषयले अमेरिकाका रिपब्लिकनहरु साउदीसँग क्रुद्ध छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF