जनमुखीका पूर्व अध्यक्ष र सचिव पुर्पक्षका लागि कारागार चलान

 आवाज संवाददाता     ३ मंसिर २०७३, शुक्रबार

 

प्रक्रिया नै नपु¥याई करोडौँ ऋण लगानी गरेको अभियोग लागेका काब्रेको जनमुखी वचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष माधवप्रसाद दाहाल र पूर्व सचिव कृष्णप्रसाद दाहाल पुर्पक्षका लागि कारागार चलान भएका छन् । बिहीबार जिल्ला अदालत हाजिर हुन आएका दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
उच्च अदालत पाटनले कार्तिक १८ गते दुवैलाई पुर्पक्षमा राख्न आदेश दिएको थियो । दोलखा जिल्ला अदालतका श्रेष्तेदार कुलप्रसाद दाहालले उच्च अदालतको आदेश बमोजिम दुवै जनालाई कारागार चलान गरिएको जानकारी दिए ।
दोलखा जिल्ला अदालतका जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको एकल इजालासले सहकारीका अध्यक्ष माधवप्रसाद दाहाल र सचिव कृष्णप्रसाद दाहाललाई गत साउन ५ गते जनही ५ लाख धरौटी लिई रिहा गर्न आदेश गरेका थिए । जिल्ला अदालतको आदेश चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदनको माग गरेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।