नेपाल निजामती कर्मचारी संगठनको ११ औँ जिल्ला अधिवेशन सुरु

 आवाज संवाददाता     ३ मंसिर २०७३, शुक्रबार

दोलखा, मंसिर ३/ नेपाल निजामती कर्मचारी संगठन दोलखाको ११ औं जिल्ला अधिवेशन सुरु भएको छ । जिल्ला सदरमुकाम चरिकोटमा पेशागत महासंघका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलले अधिवेशन उद्घाटन गरेका थिए ।
नेपाल निजामती कर्मचारी संगठन दोलखाका अध्यक्ष विमलकुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पेशागत महासंघका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेल, नेकपा एमाले स्थानीय निकाय विभाग सदस्य लालकुमार केसी, नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, स्थानीय निकाय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठ, आधिकारिक ट्रेड युनियनका केन्द्रीय कोषाध्यक्ष सिन्धु पाण्डे, नेपाल निजामती कर्मचारी संगठन पूर्वी वाग्मती इन्चार्ज औलाखबहादुर आले, केन्द्रीय सदस्य हरिबहादुर जिरेल, युवराज खरेल, आधिकारिक ट्रेड युनियन दोलखाका अध्यक्ष भीमबहादुर शिवाकोटी, नेपाल निजामती कर्मचारी युनियन आधिकारिक दोलखाका अध्यक्ष हरिबहादुर खड्का, राष्ट्रिय कर्मचारी संगठन (निजामती) दोलखाका अध्यक्ष जनकराज शिवाकोटी, हरिहर न्यौपाने लगायतले अधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

सो अवसरमा नवतरङ्ग साप्ताहिक, महिला तथा बालबालिका कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोट, भीमसेन मास्केलाई सम्मान गरिएको थियो ।

संगठनको निर्वाचनको प्रकृया अगाडि बढिरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।