विमलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन

 आवाज संवाददाता     ३ मंसिर २०७३, शुक्रबार

दोलखा, मंसिर ३। नेपाल निजामती कर्मचारी संंगठन दोलखाले सर्वसम्मत कार्यसमिति चयन गरेको छ । संगठनको ११ औँ अधिवेशनले विमल श्रेष्ठको अध्यक्षतामा १८ सदस्यीय सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष शान्ति न्यौपाने, महिला उपाध्यक्ष आशा बस्नेत, सचिव नारायणप्रसाद सुवेदी, सहसचिव रामकृष्ण भण्डारी, कोषाध्यक्ष भोजबहादुर कार्की चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शर्मिला न्यौपाने, तारा दाहाल, रुपा डोटेल, मन्दिरा हुमागाईँ, प्रतिमा भट्टराई, गंगा त्रिपाठी, वासुदेव थापा, रमेश भुजेल, भक्तबहादुर बुढाथोकी, शंकर सापकोटा, शान्तिप्रसाद दाहाल र रामकृष्ण कड्का रहेका छन् ।
त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा चन्द्रबहादुर थापा, सीताराम वली, तुलसी सुवेदी, सानुमाया कार्की, रुद्रप्रसाद दाहाल र भीमबहादुर शिवाकोटी चयन भएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF