बोक्सीको आरोपमा भाउजु कुट्ने देवर प्रहरी फन्दामा

 आवाज संवाददाता     ७ मंसिर २०७३, मंगलवार

बोक्सीको आरोपमा वृद्धा आफ्नै भाउजु कुट्ने देवर प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा हावा ५ का काले कामी हुन् । काले र उनका अर्का दाजु केशव कामीले आफ्नै ७१ वर्षिया भाउजु तीर्थमाया बिकलाई गत कार्तिक २७ गते विहानै बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक ललनकुमार कुर्मीका अनुसार फरार अर्का आरोपितको पनि खोजी जारी रहेको बताए । बोक्सीको आरोपमा कुटपीट गरेको पीडितको जाहेरीका आधारमा उनलाई पक्राऊ गरेको प्रहरीले जानकारी दिएको छ । दोलखामा बोक्सीको आरोपमा जाहेरी परेको यो पहिलो भएको प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।
पीडित महिलालाई राजनीतिकर्मी कमला कार्कीले उद्धार गरी प्रहरीसम्म पु¥याएकी थिइन् । पीडित बिक न्याय माग्न चरिकोट आएर सातदोबाटोमा रुँदै बसेको अवस्थामा आफूले उद्धार गरेको कार्कीले बताइन् । पछि घरमा पुगेर उनलाई सदरमुकाम ल्याएकी थिइन् । कार्की नयाँ शक्ति नेपाल पार्टी दोलखाकी सचिवालय सदस्य हुन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF