गोरु काटेको अभियोगमा दुईजना पक्राउ

 आवाज संवाददाता     ७ मंसिर २०७३, मंगलवार

दोलखा, मंसिर ७ । दोलखा । गोरु काटेको आरोपमा दोलखाको जिरीबाट गए राती प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिरी नगरपालिका ५ नाबुक टोलका ३८ वर्षीय फुर्वा शेर्पा र ६० वर्षीय पल्दे शेर्पा रहेका छन् ।
स्थानीयले दिएको सूचनाको आधारमा राती ८ बजे उनीहरुलाई गोठमा मासु काट्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जिरीले पक्राउ गरेको हो । जिरी प्रहरीले घटनास्थलबाट गोरुको ४० किलो आलो मासु बरामद गरेको छ ।
बरामद मासुलाई स्थानीयको रोहबरमा आज नष्ट गरिएको र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि आज दिउँसो जिल्ला प्रहरी कार्यालय दोलखा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।

तस्विर सौजन्यः जिरी अनलाइन

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।