हतियार बिक्रेता फरार कार्की पक्राउ

 आवाज संवाददाता     ७ मंसिर २०७३, मंगलवार

दोलखा/ हतियार बिक्री गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका सुदर्सन कार्की पक्रउ गरेका छन् । रामेछाप बेताली ७ चौतारा बस्नेत कार्की स्वचालित हातहतियारको गोली बिक्री गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले उनलाई फरा सूचीमा राखेको थियो ।
रामेछाप प्रहरीको विशेष टोलीले कार्कीलाई निजकै घर नजिकैबाट पक्राउ गरी महानगरिए प्रहरी वृत्तमा बुक्राएको छ । हतियारका गोली बिक्री गर्ने क्रममा कार्कीका साथी सुमन खड्का तत्काल पक्राउ गरे तापनि कार्की फरार थिए ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्कीलाई १ वर्ष कैद र एक लाख जरिवाताको सजाए तोकेको छ । खड्का भने ६० हजार जरिवाना सहित ६ महिना कैद भुक्तान गरिसकेको रामेछाप प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF