जनमुखी सहकारीका पदाधिकारी र व्यवस्थापकलाई अदालतको सफाइ

 आवाज संवाददाता     ८ मंसिर २०७३, बुधबार

दोलखा, मंसिर ८ । जनमुखी बचत तथा ऋण सहकारी संस्था काब्रेका अध्यक्ष, सचिव र व्यवस्थापकलाई जिल्ला अदालत दोलखाले सफाइ दिएको छ ।
प्रक्रिया नै नपु¥याई करोडौँ ऋण लगानी गरेको अभियोग लागेका सबैजनालाई बुधबार दोलखा जिल्ला अदालतले सफाइ दिएको हो ।
दोलखा जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको एकल इजलासले सहकारीका तत्कालीन अध्यक्ष माधवप्रसाद दाहाल, सचिव कृष्णप्रसाद दाहाल, व्यवस्थापक माधवप्रसाद दाहाललाई सफाइ दिएको हो । उनीहरु तीनै जना पुर्पक्षका लागि कारागारमा थिए । उनीहरुबाहेक अन्य ५ जना धरौटीमा छुटेका थिए ।
जिल्ला न्यायाधिश श्रेष्ठकै इजलासले व्यवस्थापक दाहाल ७ महिनादेखि पुर्पक्षमा थिए । तर श्रेष्ठकै इजलासले धरौटीमा छुटेका अध्यक्ष दाहाल तथा सचिव दाहाललाई पुनरावेदन अदालतले गत कात्तिक १८ गते पुर्पक्षमा राख्न आदेश दिएको थियो । जिल्ला अदालत दोलखाका श्रेष्तेदार कुलप्रसाद दाहालका अनुसार अदालतको आदेशमा ठगीको महल आकर्षित नहुने र सहकारी ऐन नियम अनुसार सफाइ पाएको जानकारी दिए ।
उच्च अदालत पाटनको आदेशबाट तत्कालीन अध्यक्ष र सचिव दुवैजना एक हप्ता अघि अदालत हाजिर भएर पुर्पक्षमा थिए । श्रेष्ठकै इजलासले एउटै प्रकृतिको मुद्दामा व्यवस्थापक सहित २ कर्मचारी र २ ऋण उपसमिति सदस्यहरुलाई पुर्पक्षमा राख्ने आदेश दिएका थिए भने साउन ५ गते अध्यक्ष र सचिवलाई जनही ५ लाख धरौटीमा छाड्ने आदेश दिएका थिए । साउन ५ को जिल्ला अदालतको आदेश चित्त नबुझेपछि जिल्ला न्यायाधिवक्ताले उच्च अदालत पाटनमा पुनरावेदनको माग गरेको थियो ।
मिर्गेका दीपक कुमार राउत र काब्रेका राधाकृष्ण दाहालको नाममा विना धितो र विना प्रक्रिया दुईदुई करोड रुपैयाँ ऋण प्रवाह गरेका थिए । विना धितो र विना प्रक्रिया मापदण्ड भन्दा बढी ऋण प्रवाह गरेको भन्दै सहकारीका पूर्व अध्यक्ष बालकुमार दाहाल, लेखा समिति सदस्य दीपककुमार दाहाल लगायतले ठगीको मुद्दा दर्ता गराएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF