साना उद्योगमा सरकारको लागानी आवश्यक

 आवाज संवाददाता     ९ मंसिर २०७३, बिहीबार

दोलखा, मंसिर ९/दोलखा जिल्ला सदरमुकाम चरिकोटमा प्रथम उद्योग दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दोलखाको आयोजनामा दिवस मनाइएको हो ।
प्रभातफेरिपछि आयोजित कार्यक्रममा सरोकारवालाहरुले साना उद्योगमा सरकारको लगानी र सुविधा आवश्यक भएको बताए । कार्यक्रममा उद्योगी, व्यवसायीहरुले उद्योगमा सरकारले लगानी सुरक्षण गर्न नसकेको गुनासाे गरे ।

img_2656
कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दोलखाका प्रमुख मणिराम नेपालले उद्योेग दिवसको औचित्य र यसको महत्वका बारेमा प्रष्ट्याएका थिए । उनले नेपालमा १९३२ सालमै उद्यागको स्थापना भएकाे भए पनि पदम शमशेरले १९९३ मा उद्योग परिषद् दर्ता गरिएको मितिलाई आधार मानी उद्योग दिवस मनाउन थालिएको बताए ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालको प्रमुख आतिथ्य तथा निमित्त स्थानीय विकास अधिकारी निर्मल दर्शन आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष उद्धवप्रसाद पोखरेल, जिल्ला लद्यु उद्यमी संघका अध्यक्ष ढालबहादुर कार्की, घरेलु तथा साना उद्योग महासंघ दोलखाका उपाध्यक्ष पार्वती खड्का, नेपाली कागज व्यवसायी दिलबहादुर कार्की लगायतले नेपालमा उद्योगको महत्वबारे धारणा राखेका थिए ।

img_2569
उद्योग दिवसको अवसरमा ढाका उद्यमी चन्दा थामी, होजियारी उद्यमी मिश्रा श्रेष्ठ, औजार उद्यमी बलराम बिक र नेपाली कागज उद्यमी दिलबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमस्थल ए वान पार्टी प्यालेसमा विभिन्न घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरु प्रदर्शन गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF